झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

 काठमाडौं । झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । 

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा निर्वाचन प्रभावित भएको छ । 

 ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।’निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ ।

Loading...