गठबन्धनले हिंसा भड्काएको आरोप लगाउँदै एमालेले उठायो पुनः मतदानको बहस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।

स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् ।

‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्‍यो ।’

त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै एमालेले अध्यक्ष ओलीले भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’

मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिन समेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

ओलीले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको बहस उठाएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, “स्वच्छ निर्वाचन विपरितका घटना भएका, मतदान केन्द्र अनधिकृत रुपमा कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदातालाई आतंकित पारिएका स्थानमा पुनः माग गरि विभिन्न जिल्लाबाट उजुरी गरिएको छ । यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु ।” यसमा ओलीले चुनावी परिणाम प्रकाशित हुँदै गर्दा अपेक्षा विपरित आएका सबै मतदान केन्द्रमा यसरी प्रश्न उठाउन सक्ने संकेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति

Loading...