सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु

सुर्खेत । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ ।

वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर-८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

Loading...