एमालेलाई २ मतले हराएर मुस्ताङको घरपोझङमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। उनीहरूबीच दुई मतको अन्तर छ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर ६९३ मत ल्याएर विजयी भएकी छन्। एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।

यो गाउँपालिकामा अघिल्लो चुनावमा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो।

Loading...