फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १७०

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

मुलुकमा स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

Loading...