पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

बैशाख ३१, काठमाडौँ – सरकारले पेट्रोलियम पर्दर्थमा मुल्य वृद्दि गरेको छ  । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

Loading...