पाँच स्थानको निर्वाचन स्थगित

काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।

Loading...