शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक

 
काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय , रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् । डीआईजी सुवेदी भन्छन् , ‘ आजे राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो , बिहान ६ बजेदेखि त पूर्णतः निषेध ने गरिन्छ । ‘ बेलुकी मतदान सकिएपछि मात्रे सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ । एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस् , अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
यसैबीच गृह मन्त्रालयले देशभरीका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटन पटन र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशभरका १० , ७५६ मतदानस्थलमा कर्मचारी , सुरक्षाकर्मी र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको हो । मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी मतदानस्थलहरुमा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । मन्त्रालयल कसैको डर , धम्की तथा प्रलोभनमा नपरी सम्पूर्ण मतदाताहरुलाई मतदान कार्यमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न र निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न राजनीतिक दल तथा सरोकारवाला पक्षलाई अनुरोध गरेको छ । जिल्ला कसैको डर , त्रास धम्की आए तथा असुरक्षा महसुस भएमा नजिकको इलाका वा प्रहरीको नम्बर १०० प्रमुख प्रहरी वा जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
Loading...