आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौ । आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइँदैछ । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिनका रूपमा काग तिहारलाई मनाइन्छ भने आयु, स्वास्थ्य र समृद्धिका प्रतीक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा आज धन्वन्तरी जयन्ती पनि मनाइँदैछ ।  हिन्दू धर्मशास्त्रअनुसार काग तिहारका दिन यमराजका दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठामीठा […]

डेढ महिनामा ७ हजार पर्यटक पुगे मनाङ, इजरायलका बढी

मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ […]

धनतेरस र धन्वन्तरी जयन्ती एउटै होइन

Tihar

धनतेरस (धनत्रयोदशी) र धन्वन्तरी जयन्ती सुन्दा उस्तै लागे पनि फरक छ । तिहार अन्तर्गत पर्ने यी दुई पर्वको धार्मिक अर्थ र पूजाको विधि फरक–फरक हुन्छ।  धनतेरस धनतेरसलाई तिहार पर्वको पहिलो दिन मानिन्छ।यस दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। यो नयाँ धातुका सामान, सुनचाँदी वा भाँडा खरिद गर्ने शुभ दिन हो। यस दिन साँझ “ॐ श्रीं […]

आज धनतेरस, भोलि कागतिहार : झिलिमिली तिहार शुरू

काठमाडौँ । झिलीमिली बत्तीहरूको चमकसँगै यस वर्षको दीपावली पर्वआज धनतेरसबाट औपचारिक रूपमा सुरु हुँदैछ । राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा एक हप्ता अघिदेखि नै घर–घरमा तिहारको रौनक सुरु भइसकेको छ । बत्तीको उज्यालोले रातमा सहर झन् रमणीय बनेको छ भने नागरिकहरूमा चाडपर्वको उत्साह छाएको छ । आज अपराह्नदेखि सुरु हुने त्रयोदशी तिथिमा धनतेरस मनाइनेछ । आजको […]

२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए […]

बिदेशी हस्तक्षेप रोक्न इतिहास, भूगोल र संस्कृतिको अध्ययन आवश्यक : उपप्रमुख जोशी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ र दिपावलीको अवसरमा सामुदायिक विद्यालयका शिक्षकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले जनतालाई प्राथमिकता दिँदै समाजवादी व्यवस्था र समाज उत्थानका लागि भक्तपुर नगरपालिका अनुकरणीय रूपमा सेवा सञ्चालन गरिरहेको बताइन्। उनले विदेशी हस्तक्षेप र घुसपैठप्रति सचेत रहन इतिहास, […]

निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार शंखमुलस्थित यल दरबारमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले निजी क्षेत्रमाथि व्यक्ति–केन्द्रित प्रहार हुनु चिन्ताजनक भएको बताए। उनका अनुसार, “देशमा लगानीको सुरक्षा र व्यवसायिक वातावरणको सुनिश्चितता […]

पाठकद्वारा लिखित र सम्पादित तीन कृति एकैसाथ सार्वजनिक

काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथा सङ्ग्रह ‘तेल भिसा’, कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ र उनको सम्पादन रहेको ‘सर्जक गणेश रसिक स्मृति अंक–नारीस्वर’ शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना साहित्यिक पत्रकार संघ नेपालले गरेको थियो भने संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। मुख्य अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व […]

कार्यपालिका बैठकमा जेनजी आन्दोलनको एजेन्डा नराखेकोप्रति आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीको विषयमा वडाध्यक्षहरूले कडा आपत्ति जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले महानगरले विपद् बेलामा आवश्यक प्रतिक्रिया दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सो आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको भन्दै वडाध्यक्षहरूले प्रश्न उठाएका थिए। तर, महानगरको विपद् व्यवस्थापन समितिले त्यसको प्रतिवाद गरेको छ। […]

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ […]