कोरोना संक्रमण दर प्रतिदिन बढ्दो आज ९१९६ संक्रमित थपिए, ५० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्। मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको […]

विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण

बागलुङ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै विवाह र भोज दैनिक भइरहँदा जिल्लामा कोरोना संक्रमण फैलिएको छ। अघिल्लो सातासम्म दुई अंकमा सीमित भएको कोरोना संक्रमण दर अहिले ३ सय हाराहारीमा पुगिसकेको छ। संक्रमण फैलिनुमा नागरिकको लापरवाही र त्यसमा पनि अटेर गरेर आयोजना गरिने भोज मुख्य कारण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज […]

महामारीः नेताको रजाई, जनताको हविगत

    यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने ठाउँ समेत पाइदैन । केही दिनअघि मात्र पशुपति आर्यघाटमा लास जलाउने ठाउँ नपाएर बागमति बगरमा नै जलाइएको फोटो, […]

आइसोलेसन सेन्टर तथा उपचार सहकार्यका महानगर मेयर र उपमेयरको टोलीले उपत्यका पृतनापतिसंग गर्यो छलफल

  काठमाडौँ । काठमाडौँ  महानगर भित्र आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको टोलीले उपत्यका पृतनापतिसंग  छलफल गरेका छन्। नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा आज बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले आइसोलेसन […]

स्वास्थ्य सेवाबाट अवकाश लिएका सैनिकलाई तयारी रहन सैनिक हेडक्वार्टरको निर्देशन

काठमाडौँ । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ । सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य […]

देउवाले अस्वीकार गरे विश्वासको मत दिन ओलीले गरेको आग्रह

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रेसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि एमालेका नेतासहित सभापति देउवालाई भेट्न […]

कोरोनाबाट एकैदिन ५८ को मृत्यु, ८६५९ कोरोना संक्रमित थपिए

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी बुधवार नेपालमा थप ८७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार […]

कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो। आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव […]

पछिल्लो २१ दिनमा कोरोनाबाट ३५९ को मृत्यु, बैशाखमा मात्रै थपिए ६९४४१ संक्रमित

काठमाडौं । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । यसअघि आइतबार र सोमवार पनि धेरैको मृत्यु भएको थियो । आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियषे । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार […]

कोरोनाबाट मृत्यु भएका श्रीमानको शव व्यवस्थापनमा एक महिलाले यस्तोसम्म सास्ती भोग्नुपर्यो

यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै युवाहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म छ कि आर्यघाटमा लास जलाउने ठाउ समेत पाइदैन । सोमबार मात्र पशुपति आर्यघाट यो स्तम्मभकार पुग्दा लास जलाउने ठाउँ सबै प्याक थियो । साथै धेरै लासहरु क्यू […]