धानखेतमा नवजात शिशु फेला

महित्तरी । जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा एक जीवित नवजात शिशु फेला पारिएको छ। भार्गेश्वर पोखरी नजिक रहेको धानखेतमा १५ दिनको जस्तो देखिने केटो शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले बताएका छन् । शिशु हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएको भट्टको भनाइ छ   घाँस काट्न गएका स्थानीयले […]

४३ स्थानीय तहमा अझै बनेन बजेट

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था […]

राैतहट र धनुषामा प्रहरी प्रमुख परिवर्तन

रौतहट । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख (एसपी)परिवर्तन गरेको छ। प्रधान कार्यालयले बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा खटाएको हो। रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको […]

भक्तपुरबाट नडुक्रन पूर्वप्रधानमन्त्री ओलीलाई गृहमन्त्री अर्यालको चेतावनी

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति र सद्भाव भड्काउने प्रयास ‘अपदस्त भएका’ राजनीतिक पात्रहरुबाट भइरहेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्कित गर्दै भने “अपदस्त भएकाकै कुकर्मले विद्रोह भएको हो, शान्तिप्रिय जिल्ला भक्तपुरमा  बसेर नडुक्रनु र हामीलाई हाँक […]

विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन मान्दैन सप्तरी प्रहरी

सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कडरबोनाले विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन नमानेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनामा प्रहरी निरीक्षक गजेन्द्र राय इन्चार्ज रहेका छन् । घुस नदिँदा कार्यालयले करिब तीन महिनादेखि सडक दुर्घटनासम्बन्धी निवेदन अड्काएर राखेको एक पीडितले जानकारी गराएका हुन्। “फाइल तयार छ तर, विना पैसा हाकिमले […]

माओवादी केन्द्रका सचिव साहले लिए राजनीतिबाट सन्यास

काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिबाट सन्यास लिएका छन् । एक टेलिभिजन अन्तर्वार्ताबाटै उनले सन्यासको घोषणा गरेका हुन् । साह वरिष्ठ बामपन्थी नेता हुन् । नेकपा (संयुक्त)को महासचिव रहेका उनी पार्टी एकीकरण पछी नेकपा माओवादी केन्द्रका सचिव एवं मधेस प्रदेश इन्चार्ज रहेका थिए । पूर्व मन्त्री समेत रहेका साहले जेन-जी आन्दोलनको म्यान्डेट […]

दुई मोटरसाइकल ठोक्किँदा दुबै चालकले गुमाए ज्यान

अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। बुधबार राति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नम्बरका मोटरसाइकल विपरीत दिशाबाट आइ ठोक्किँदा दुबै सवारीका चालकको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ […]

अविजित नेपाल उपाधी नजिक

cricket

काठमाडौं । ओमानलाई हराउँदै नेपाल टि२० विश्वकपको एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटको उपाधी नजिक पुगेको छ । ओमानको मस्कटमा बधबार भएको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरि अपराजित यात्रा कायम राखेको नेपालले उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । नेपाल र ओमान बुधबार नै युएईले समाओमाथि जित निकालेसँगै भारत र श्रीलंकामा हुने विश्वकपका […]

घट्यो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ […]

नयाँ बानेश्वरमा सवारी दुर्घटना, एकको निधन

काठमाडौं । नयाँ बानेश्वरमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको निधन भएको छ। बा८१प ४०१० नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको निधन भएको प्रहरीले जनाएको हो । गए राती भएको दुर्घटनामा गम्भीर घाइते भएका परियारले उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गुमाएका हुन् । दुर्घटनामा संलग्न वाग्मती बीएबी ०३६५ नम्बरको जिप र […]