१ करोड १० लाख ७० हजार र गरगहनासहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित सानोभर्याङबाट प्रहरीले गैरकानुनी रूपमा आर्थिक कारोवार गर्दै आएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई सोही स्थान बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनका ३८ वर्षीय नागरिक जियाओ याङ (JIAO YANG) रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई गत बिहीबार राति राति […]

अन्तरिम सरकारमा थपिए दुई मन्त्री

काठमाडौ । प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा दुई मन्त्री थपिएका छन् ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेकी हुन् । उनीहरू दुबै जनालाई राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले आइतबार अपराह्न सपथग्रहण गराएका छन् । शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले […]

मधिकर्मी र गौतमलाई ग्वंग सिरपा सम्मान

भक्तपुर । साहित्यिक सम्मान सङ्गम-२०५० को आयोजनामा शनिबार दुई ख्यातिप्राप्त साहित्यकारलाई ‘ग्वंग सिरपा सम्मान २०८२’ प्रदान गरिएको छ। सो सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार ध्रुव मधिकर्मी र प्राध्यापक लक्ष्मण प्रसाद गौतम रहेका छन्। उनीहरूलाई नगद ५० हजार ५ रूपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा संस्कृतविद र सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मानेको […]

क्यासिनो इतिहासमा माजोङको सुनौलो कीर्तिमान कायमै

काठमाडौं। राजधानीको सोल्टी होटल परिसरभित्र रहेको क्यासिनो माजोङले फेरि एकपटक आफ्नो कीर्तिमान कायम राखेको छ । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को ताज यसपालि पनि माजोङकै शिरमा सजिएको छ। लगातार पाँचौँ पटक यो अवार्ड जित्दै माजोङले नेपाली क्यासिनो इतिहासमा सुनौलो कीर्तिमान कायम गरेको हो । यस्तो उपलब्धि अहिलेसम्म कुनै […]

भाइटीकासंगै सकियो तिहार

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, माया र शुभकामनाको प्रतीकका रूपमा भाइटीका पर्व देशभर उल्लासपूर्वक मनाइएको छ। कार्तिक शुक्ल द्वितीयाका दिन पर्ने भाइटीका पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै सप्तरङ्गी टीका, मखमली र सयपत्री माला सहित पूजा गरेर टीका लगाइदिए। उनीहरूले दाजुभाइको सुखशान्ति, सुस्वास्थ्य […]

पेस्तोल र पौने पाँच लाख नगदसहित २३ वर्षीय युवक पक्राउ

Arrest

ललितपुर । ललितपुर प्रहरीले पेस्तोल र चार लाख अठहत्तर हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार  खोटाङको साकेला गाउँपालिका–०१ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिव कुमार बिकलाई पेस्तोल र नगद सहित पक्राउ गरिएको हो। स्थानीयले मादक पदार्थ सेवन गरी होहल्ला […]

व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न प्रधानमन्त्रीको आग्रह

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई सबल बनाउन, आर्थिक विकास र नागरिकको अधिकार सुनिश्चित गर्न भयरहित रूपमा जनताले मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले बुधबार आयोजना गरेको कार्यक्रममा साख्वा: को प्रतिमामा मल्यार्पण गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, भयरहित […]

लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]

भक्तपुरबाट २७ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]

इलामका बाढीपीडित विद्यार्थीलाई पाकिस्तानमा ५० बढी छात्रवृत्ति

pakistan embassy

इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]