काठमाडौ । प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा दुई मन्त्री थपिएका छन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेकी हुन् । उनीहरू दुबै जनालाई राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले आइतबार अपराह्न सपथग्रहण गराएका छन् ।
शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् ।
चारजना मन्त्री थप्ने तयारी गरिएपनि दुईजनाको नाम विवादित बनेपछि उनीहरूको सपथग्रहण रोकिएको श्रोतले जनाएको छ । अन्तिम बेलामा मन्त्री हुनबाट रोकिएकामा अभियन्ता खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ रहेका बताइएको छ ।

