संवैधानिक इजलास स्थगित

काठमाडौं। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आइतबार बसेको संवैधानिक इजलास स्थगित भएको छ । इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिर सहित निवेदन पेस गरेपछि बहस बिषय प्रवेश भन्दा अन्यत्रै […]

जनमोर्चाले हटाएका सांसद थापाको पद सर्वोच्चले गरिदियो थमौती

काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

मन्त्री मण्डल पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जनता समाजवादी पार्टी ठाकुर–महतो समूह सामेल गराई प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। जनता समाजवादी पार्टीका १० सहित संयुक्त गरी शुक्रबार गरिएको मन्त्रीमण्डल पुनर्गठन खारेजी हुनुपर्ने माग सहित रिट दायर भएको हो। आइतबार वरिष्ट अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिबाट मन्त्री परिषदमा गरिएको मन्त्रीमण्डल हेरफेर तथा कार्यबिभाजन , त्यसबाट निश्रित […]

कोरोना विरुद्ध काँग्रेसले पुकार्यो दैवी शक्ति

भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् । जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका […]

सेवा घरलाई वाइसिएलको सहयोग

राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय कार्य गर्दै आएको हो । यसैबीच, चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घरलाई वाइसिएल नेता विनोद लामिछानेको नेतृत्वमा […]

बाल यौन दुराचारको आरोपमा भक्तपुरमा २ शिक्षक पक्राउ

आकाश गजुरेल । भक्तपुर, २१ जेष्ठ २०७८ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोग लागेको छ । गत मङ्सिरको घटनाको पोल खुलेपछि शिक्षक […]

जसपा फुटाएर ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, आफ्ना ९ मन्त्रीलाई विदा दिएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ सरकारको मन्त्रिपरिषद १७ सदस्यीय भएको छ । ओलीले नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तीन जना […]

ललितपुर महानगरले कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख सहयोग गर्ने

  ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित भइ उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका हुन […]

कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने प्रचण्डको माग

सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि त्यस प्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारले आफ्नो कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने माग […]

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप, यस्तो छ व्यवस्था

  काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने पुरानै नियमलाइ निरन्तरता दिइएको छ ।तर, केहि नियम खुकुलो बनाइएको छ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार बसेको बैठकमा भएको निर्णय आज सार्वजनिक गरेको हो । हेर्नुस के […]