काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जा मन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा आज बिहान डोजर चलाएर भत्काएको छ।
महानगरका अनुसार सो जग्गा नेपाल स्काउटको स्वामित्वमा रहेको र त्यहाँ बिना अनुमति स्थायी संरचना निर्माण गरिएको भन्दै आज बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो।
घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको र केही व्यक्तिहरूले विरोध प्रदर्शनको प्रयास गरेको महानगर स्रोतले जनाएको छ।
पूर्वमन्त्री खड्काको तर्फबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।







