पर्यटन प्रवर्द्धनको लागि गोदावरी पदयात्रा

godavari

ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरी” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराएका छन् । गोदावरी पदयात्रा उपत्यका भित्रका विभिन्न पालिकाहरुका […]

मण्डनदेउपुरमा ट्रिपर दुर्घटना : चालकको जलेर गयो ज्यान, सहचालक गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको ट्रिपर शनिबार बिहान करिब ४ः३० बजे सडकबाट करिब ६० मिटर तल खस्दा आगलागी भएको थियो। ट्रिपर भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मण्डनदेउपुर–७ […]

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए÷नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

आज यी स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा […]

पूर्वराष्ट्रपतिले लिइन् नागरिकताको प्रतिलिपि

पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा घर जल्दा उनको नागरिकता पनि जलेको थियो । भण्डारी मंगलबार आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि लिएकी हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई प्रतिलिपि प्रदान गरेका थिए । सो अवसरमा […]

स्वतन्त्र प्रेसविरोधी प्रावधान सच्याउन पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले कार्यान्वयनमा ल्याएको छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ का केही प्रावधानहरू स्वतन्त्र प्रेस विरोधी रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघले ती प्रावधान तत्काल सच्याउन सरकारसँग जोडदार माग गर्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नाम र डोमेन […]

सत्ता पल्टिएपछि यस्तो छ श्रीलंका, बङ्गलादेश र नेपालको शेयर बजार

काठमाडौ । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन […]

प्रेस विरोधी तीन घटनामा प्रेस सेन्टरको आपत्ति

काठमाडौं । पत्रकारमाथि धम्कीका दुई घटना र एक पत्रकारको घरमा तोडफोड गरिएको घटनाप्रति प्रेस सेन्टर नेपालले विरोध जनाएको छ। प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा लेख तथा समाचारको आधारमा पत्रकारहरूलाई हत्या गर्ने धम्की गैरकानुनी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार नेपाल प्रेसमा प्रकाशित ‘विप्लवको राजनीतिक यात्रा : क्रान्तिको भ्रमजाल, […]

हिडन भ्यालीमा हराइरहेका पर्यटकसहित १५ जनाको उद्धार

Hiu

मुस्ताङ । मुस्ताङ जिल्लाको हिडन भ्याली ईलाकाको हिमपातमा फसेका तीन विदेशी सहित १५ जना पर्यटकहरुलाई उद्धार गरिएको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि उनीहरूलाई फेला पारी उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको हो । करिब ४९०० मिटरको बतासेडाँडा ईलाकामा उनीहरू फेला परेका र साधारण स्वास्थ्य परिक्षण […]

अनुसन्धानमा भक्तपुरलाई लगातार सर्वोत्कृष्ट बनाउन सफल प्रमुख टेकराजको सरुवा

भक्तपुर । गुप्तचरी संगठन राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक एवं भक्तपुर जिल्ला इन्चार्ज टेकराज तिमल्सिनाको सरुवा भएको छ । भक्तपुर प्रमुखको भूमिकामा ४ वर्ष लामो अनुभव संगालेका तिमल्सिनाले बिहीवार विभागमा हाजिर गरेका छन् । भक्तपुरका ७ जना प्रमुख जिल्ला अधिकारीसंग काम गरेको अनुभवसहित उनी बिदा भए । भक्तपुरमा शान्ति सुरक्षा र सुशासनसंग सम्बन्धित ४५ प्रकारका सूचनाहरुको […]