तराईमा अत्यधिक चिसो बढ्यो, गौरका विद्यालय ४ दिन बन्द

रौतहट । शीतलहर र बढ्दो चिसोका कारण गौर नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गौर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आजदेखि ११ गतेसम्म पठनपाठन बन्द रहने गरी सूचना जारी गरेको हो। उक्त बिदा विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने नगरपालिकाले जनाएको छ। चिसोका कारण विद्यार्थीहरूको उपस्थिति न्यून भएको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ […]

नवयुवालाई पार्टी नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउने संकल्प गरौँ : गजुरेल

Haribol Gajurel

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबाेल गजुरेलले जेनजी आन्दोलनकाे मर्म र भावना अनुसारकाे पार्टी संगठन निर्माण गर्न नव युवाहरुलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्ने बताएका छन् । उनले जेनजी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थन मात्र पर्याप्त नभएको भन्दै यसको मर्मलाई व्यवहारमा उतार्नु नै वर्तमानको आवश्यकता भएको बताए । संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम, […]

नेमकिपाका नेताहरू र चिनियाँ राजदूतबीच बिदाइ भेटवार्ता

काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग बिदाइ भेटवार्ता गरेका छन्। पार्टी सचिव प्रेम सुवालको नेतृत्वमा रहेको टोलीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ सहभागी थिए। चिनियाँ दूतावासको आयोजनामा सम्पन्न शिष्टाचार भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय हित, आपसी चासो र सम्बन्ध थप सुदृढीकरणका विषयमा विचार–विमर्श […]

फेसबुकबाट बालिकासंग साथी बनी साइबर अपराध गर्ने युवक समातिए

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नक्कली (फेक) फेसबुक प्रयोग गरी नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नग्न तस्बिर तथा भिडियो माग गर्ने र ती सामग्री राखी अश्लील गतिविधि गराउन लगाएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। पीडित नाबालिकाले पछि ती तस्बिर तथा भिडियो आफ्नो […]

ताप्लेजुङमा बन्दुकसहित युवकको शव फेला

ताप्लेजुङ । भरुवा बन्दुकसहित एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेको छ । उनी आज बिहान मृत अवस्थामा फेला परेका हुन् । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको […]

रास्वपाले रवि रामिछानेलाई ३ बजे कार्यालयमा स्वागत गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई आइतबार दिउँसो ३ बजे कार्यालयमा स्वागत गर्ने भएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार रिहा भएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् । […]

सोसल मिडियामा स्टन्ट गरेर होइन, विचार र कर्मले नेता बन्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियामा स्टन्ट गरेर जनतालाई भ्रमित पारेर नेता बन्ने प्रवृत्तिलाई ‘रोग’को संज्ञा दिँदै विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यमा आधारित राजनीति गर्न आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले उनले सोसल मिडियामा स्टन्टबाजी गरेर क्षणिक लोकप्रियता कमाउने र त्यसैका आधारमा जनतालाई […]

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

काठमाडौं । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन । प्रतिकूल मौसमका कारण एकसाथ आधा दर्जन हाराहारी विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन […]

टिम ईश्वरका गोकर्ण र योगेश, जसले जोगाए एमालेमा प्रतिपक्षी साख

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको निर्वाचन परिणामले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टिमको वर्चश्वलाई अझ बलियो बनाएको छ। तर यही शक्तिशाली टिमबीच पनि ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट र योगेश भट्टराई निर्वाचित हुँदै एमालेभित्रको संगठित प्रतिपक्षी धारलाई जोगाउन सफल भएका छन्। १९ सदस्यीय पदाधिकारी टिममा ईश्वर पोखरेल पक्षबाट दुई जनाले मात्रै जित हासिल […]