काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो। राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त […]
मुख्य विशेष
सम्भावना होइन, पहिचान बन्दै चाँगुनारायणमा एभोकाडो सिटी अभियान- प्रचण्डले समापन गर्ने
भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ को सपना साकार बन्दै गएको छ। ‘एक घर, दुई बोट एभोकाडो’ नारासहित सुरु गरिएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अहिले आफ्नो तेस्रो तथा अन्तिम वर्षमा थप सक्रियताले सफलतातर्फ अघि बढिरहेको हो । तेस्रो चरणको वृक्षारोपण कार्यक्रम चाँगुनारायण–८ चरेलीबाट शुरु भएको थियो । यस क्रममा अघिल्लो वर्ष एभोकाडो बिरुवा नपाएका […]
कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्। […]
अचम्मलाग्दो तमन्नाको सौन्दर्य सेक्रेट
मुम्बई, न्यूजकारखाना । आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम गरिसकेकी छिन् र […]
भक्तपुर पढ्न सहसचिवहरुको भ्रमण
भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् । स्थानीय सरकारको नेतृत्व, सेवा प्रवाह र समन्वयबारे बुझ्न उनीहरू स्थलगत भ्रमणमा आएका हुन् । सो अवसरमा ‘परिवर्तनको लागि नेतृत्वको भूमिका: स्थानीय सरकारसँग साक्षात्कार’ शीर्षकमा अन्तरक्रिया कार्यक्रममा समेत उनीहरू सहभागी भए । अन्तरक्रियामा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको […]
मधेशलाई सुख्खाबाट जोगाउन तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्लाहीको लालबन्दी-१५ र १६ मा पर्ने बोहोरे डाँडामा निर्माण गरिएको मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवन उद्घाटन उद्घाटन गरेका छन् । सो क्षेत्रकी मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरिएको सो संरचना शनिवार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री […]
ज्यान लिएर फरार पिकअप र चालक पक्राउ
बारा । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र फरार चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र […]
मिडिया काउन्सिल विधेयकमा प्रेस सेन्टरको विरोध, संशोधन नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको जनाएको छ। महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै सच्याउन आग्रह गरिएको छ। साथै, पदाधिकारी नियुक्ति प्रक्रियादेखि पत्रपत्रिका वर्गीकरण, प्रेस प्रतिनिधि परिचय पत्र वितरण र संरचनागत […]
सालको रुख ढल्दा दुईको निधन, तीन बालबालिका घाइते
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो अचानक आएको हावाहुरीसहितको मुसलधारे वर्षाले ठूलो दुर्घटना निम्त्याएको छ। वर्षाबाट जोगिन नजिकैको गोठमा आश्रय लिएका किशोर–किशोरी तथा बालबालिकामाथि सालको रुख ढल्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोले रहेको प्रहरीले […]
चाँगुनारायणमा पहिलो राष्ट्रिय कोदो दिवस, पाँच पत्रकार पुरस्कृत
भक्तपुर । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय […]











