एकैदिनमा ह्वात्तै घट्यो काठमाडौंको प्रदुषण, चौथोबाट एक्काइसौं स्थानमा

काठमाडौं । राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ । बुधबार विश्वको चौथो प्रदूषित सहरको सूचीमा परेको काठमाडौं अहिले २१ औ स्थानमा पुगेको छ  । बुधबार काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १६७ पुगेकोमा बिहीबार भने घटेको छ । यसदिन पानी पर्दा वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) ९० मा झरेको छ। हाल काठमाडौं विश्वमै प्रदूषणको हिसाबले […]

प्रधानमन्त्रीले त्रिपक्षीय छलफल गर्ने

Sushila karki

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले […]

मुक्तिनाथमा भिषण हिमपात

मुस्ताङ ।मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् । मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको […]

माओवादी धारसहितका सबै वामपन्थी शक्तिहरू एकतावद्ध बन्न प्रचण्डको अपिल

Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्। देशले सामना गरिरहेका जटिल समस्या, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौती समाधान गर्न अब वामपन्थी एकता अपरिहार्य भएको प्रचण्डले बताएका छन्। उनका अनुसार राष्ट्रका संकटहरूको समाधान अग्रगामी विचार, […]

कात्तिक २० मा विप्लवले शक्ति प्रदर्शन गर्ने

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते राजधानी काठमाडौंमा ठूलो प्रदर्शन र सभा गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनपछि देशभर तीव्र बनेको राजनीतिक परिस्थितिसँग सम्बन्धित धारणा आम जनतामाझ स्पष्ट पार्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको नेकपाले जानकारी दिएको छ। नेकपाका महासचिव विप्लवले सोमबार बिहान आफ्नो फेसबुकमा स्टाटस […]

निर्वाचन आचारसंहिता लत्याउदै ३६ सिडिओको सरुवा

काठमाडौ । गृह मन्त्रालयले तीन दर्जन सिडिओको सरुवा गरेको छ । जेन-जी आन्दोलन पछि बनेको अन्तरिम सरकारले नियमविपरीत ३६ जिल्लाका सिडिओ सरुवा गरेको हो । निर्वाचन आचार संहिता अनुसार निर्वाचन घोषणा भएपछि कर्मचारीको सरुवा गर्न नपाइने नियम भएपनि गृहले त्यसलाई लत्याएर ३६ जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरेको हो ।  कतिपय जिल्लामा दुई महिना पनि नपुग्दै […]

१ करोड १० लाख ७० हजार र गरगहनासहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित सानोभर्याङबाट प्रहरीले गैरकानुनी रूपमा आर्थिक कारोवार गर्दै आएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई सोही स्थान बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनका ३८ वर्षीय नागरिक जियाओ याङ (JIAO YANG) रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई गत बिहीबार राति राति […]

नेपाल भाषाका दुई कृति क्यानाडामा लोकार्पण

क्यानाडा । क्यानाडियन नेवाः गुठीको आयोजनामा नेपालभाषामा लेखिएका दुई कृतिहरूको क्यानाडामा लोकार्पण गरिएको छ । टोरोन्टोस्थित नमस्ते पेभिलियन रेष्टुराँमा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रममा प्राज्ञ त्रैलोक्यमान बनेपाली (अगिब बनेपाली)को “मूस्वां चिबाखंया सामाजिक यथार्थवाद व मनोवैज्ञानिकवादया अध्ययन” र साहित्यकार सुमा श्रेष्ठको “पाप परिमोचन” लोकार्पण गरिएको हो । बनेपालीको अनुसन्धात्मक कृति “मूस्वां चिबाखंया सामाजिक यथार्थवाद व मनोवैज्ञानिकवादया […]

मधिकर्मी र गौतमलाई ग्वंग सिरपा सम्मान

भक्तपुर । साहित्यिक सम्मान सङ्गम-२०५० को आयोजनामा शनिबार दुई ख्यातिप्राप्त साहित्यकारलाई ‘ग्वंग सिरपा सम्मान २०८२’ प्रदान गरिएको छ। सो सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार ध्रुव मधिकर्मी र प्राध्यापक लक्ष्मण प्रसाद गौतम रहेका छन्। उनीहरूलाई नगद ५० हजार ५ रूपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा संस्कृतविद र सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मानेको […]

क्यासिनो इतिहासमा माजोङको सुनौलो कीर्तिमान कायमै

काठमाडौं। राजधानीको सोल्टी होटल परिसरभित्र रहेको क्यासिनो माजोङले फेरि एकपटक आफ्नो कीर्तिमान कायम राखेको छ । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को ताज यसपालि पनि माजोङकै शिरमा सजिएको छ। लगातार पाँचौँ पटक यो अवार्ड जित्दै माजोङले नेपाली क्यासिनो इतिहासमा सुनौलो कीर्तिमान कायम गरेको हो । यस्तो उपलब्धि अहिलेसम्म कुनै […]