सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम : भारत

काठमाण्डौं । नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । विरोधका स्वरहरू बढ्न थालेपछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको छ । दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् […]

प्रचण्ड र माधवले घात गरेर काँग्रेसलाई सत्ता चढाए : प्रदीप ज्ञवाली

रौतहट, १ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाएका छन् । उनीहरुले सत्ता स्वार्थका लागि एमालेलाई घात गरी काँग्रेसको पाउमा सत्ता चढाएको बताए । शनिबार रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित वस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई […]

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

काठमाडौं, १ माघ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति […]

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको […]

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तीजनकः नेपाली कांग्रेस

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् । कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग […]

नेपाल कोरोना नियन्त्रण गर्न असफल भएको ह्युमन राइट्स वाचको दावी

काठमाडौं । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरेको हो। ‘कोभिड–१९ महामारीमा पूर्वतयारी […]

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, यसअघि जारी सबै पास खारेज

काठमाडौं, २८ पुस । कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो। सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ। नयाँ स्थायी, अस्थायी पास तथा परिचय […]

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं : अध्यागमन विभाग

काठमाडौं, २८ पुस । अध्यागमन विभागले अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न सचेत गराएको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय […]

उपत्यकामा स्मार्ट लकडाउन: आजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति […]

नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका दाहालले दिए राजीनामा

काठमाडौं, २७ पुस । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका उनले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् । दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको […]