कालिकोट । सडक दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको असामयिक निधन भएको छ ।
प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष समेत रहेका रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिदाँ उनको ज्यान गएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको २ मा दुर्घटना भएको र उपचारको क्रममा सुर्खेत अस्पतालमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक यामबहादुर शाही समेत घाइते छन् ।
यामले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाईकल र आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटी आपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।







