सिन्धुलीमा कजारियाको नयाँ शोरूम

सिन्धुली । प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ (पुरानो बुधबार हाट) मा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले स्थानीय स्तरमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ।

सञ्चालक करिराम शाह तथा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर शोरुम उद्घाटन गरे ।

डिलर शाहले कजारियासँगको साझेदारीलाई गर्वको विषय बताउँदै ग्राहकले अब सिन्धुलीमै प्रिमियम टाइल पाउने बताए।

कन्ट्री म्यानेजर तिवारीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने र नेपालमा इन्फ्रास्ट्रक्चर तथा इन्टेरियर उद्योगसँगै ब्रान्ड विस्तार अघि बढाइने बताए।

४ हजार भन्दा बढी डिजाइन विकल्पसहित नेपालभर ४५ शोरूम र १ सय भन्दा बढी डिलरहरूको नेटवर्क बनाइसकेको कजारियाले सिन्धुली शोरूममार्फत आफ्नो सेवा अझ मजबुत बनाएको बताइएको छ।