कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाकी २४ वर्षीया बिमला शाहीको मृत्यु आत्महत्या नभई हत्या भएको खुलासा भएको छ।
कात्तिक २३ गते राति आफ्नै घरमा मृत भेटिएकी बिमलालाई उनका १९ वर्षे प्रेमी अमिन शाहीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो।
मृतक बिमला बिबाहित थिइन् । बिबाहको दुई महिनामै उनका श्रीमान बिदेश गएका थिए । त्यसयता उनी अमिनसंग प्रेमजालमा परेकी थिइन् ।
श्रीमानले विदेश बोलाएपछि जान लागेको सूचना पाएपछि रिसले आगो भएका उनका प्रेमी अमिन शाहीले कोठामा गएर सिरानीले मुख छोपेर बिमलाको हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।
पहिलो चरणमा परिवारले आत्महत्या भनेपनि पनि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको र अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
पक्राउ परेका अमिनलाई अदालतबाट १० दिनका लागि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।







