कर्णालीका मुख्यमन्त्री बोल्दै गर्दा कालिकोटमा दुई वम प्रहार

कालिकोट, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध कालिकोटमा दुई वटा वम प्रहार गरिएको छ ।

कालिकोटको पचाल झरना गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँसभालाई सम्बोधन गर्दै गर्दा वम प्रहार भएको हो । आज बुधवार कालिकोट पचाल झरना गाउँपालिकाको वार्ड नं. ३ खार्दुमा गाउँपालिकाले गाउँसभाको आयोजना गरेको थियो । सोही गाउँसभालाई सम्वोधन गर्नका लागि मुख्यमन्त्री शाही कालिकोट पुगेका थिए ।

मुख्यमन्त्री शाही सम्वोधन गर्दै गर्दा कार्यक्रमस्थलभन्दा केही टाढा दुई वटा वम पड्काइएको थियो । त्यसवेला प्रदेशसभाका सांसद कुर्मराज शाही, पचाल झरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवाल, जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्मा सँगै रहेका थिए । साथै कार्यक्रमस्थलमा ठूलो सुरक्षाकर्मीहरु पनि परिचालन गरिएका थिए ।

गाउँसभालाई सम्वोधन गरिरहेका बेला वड पड्काइएपछि उनले उक्त वम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बताउँदै यसरी वम पडकाएर नहुने बताए । उनले विप्लवलाई वम पडकाउन छोडेर मूलधारको राजनीतिमा आउन आग्रह पनि गरे ।

कार्यक्रममा प्रदेश सांसद कुर्मराज शार्ही र गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले पनि सम्वोधन गरेका थिए ।