वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

सुर्खेत, ९ साउन । वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो । गत वर्ष पाँच वटा र यस वर्षको १० वटा गरी १५ थान साइकल सरकारले प्रारम्भिक चरणमा भोलिदेखि सञ्चालनमा ल्याइने जनाएको छ ।

चालू आवको बजेट तथा कार्यक्रमअनुसार ट्वीटर तीन हजार ७०० मोडेलका १० थान साइकल खरीद गरिएको कर्णाली सरकारका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए । उनले भने, “आज मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीलाई ती साइकल वितरण गर्दैछौँ ।” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारका अनुसार प्रतिथान रु ४० हजारका दरले ती साइकल खरीद गरिएको छ ।

Loading...