प्रधानमन्त्री भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्कायो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो । तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा ६० भन्दा बढीको संख्यामा प्रवेश गर्न खोजेकाले उनीहरूलाई हटाइएको बताए […]

राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता […]

लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त

काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो। पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा […]

दुर्गा प्रसाईँको समूहले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

काठमाडौँ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिच आज हुने घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा […]

जेनजी युवाहरूलाई प्रचण्डले भने- अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिन्छु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी युवाहरुसँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए । ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, […]

तिलगंगाको आँखा सेवा ख्वप: अस्पतालमै, सेवाग्राही खुशी

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो । अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय […]

प्याब्सनको जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो

Mitrashree pathshala

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर जिल्ला शाखाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो भएको छ । शुक्रवार नयाँ थिमिस्थित यचु बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सहभागी एक दर्जन बढी विद्यालयलाई पछि पार्दै मित्रश्री पहिलो बन्न सफल भएको हो । चाँगुनारायण नगरस्तरीय प्रतियोगितामा दोश्रो भएर फाइनलमा प्रवेश […]

झापा कारागारमा एक कैदीको मृत्यु

झापा। जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिबद्धतापछि यादव सिंहले तोडे १० दिनदेखिको अनशन

काठमाडौँ । माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनसन तोडेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको […]

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज […]