मनसुनजन्य विपदबाट बच्न जिप्रका ललितपुरको यस्तो अनुरोध

ललितपुर । मनसुनको विपदजन्य अवस्थामा सावधानी अपनाउन ललितपुर जिल्ला प्रशासन कार्यालयले विशेष अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले आज बिहिवार सूचना जारी गर्दै जिल्लामा बाढी, डुवान, पहिरो, भू-क्षय लगायतका घटनाको सम्भावना रहेको हुँदा विशेष गरी कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मूख्य तथा सहायक सडकहरुमा यात्रा गर्दा उच्च […]

हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडकमा राति सवारी चलाउन नपाइने

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकमार्गमा आजदेखि तीन दिनसम्म रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै भनेका छन्– असोज १७ गतेदेखि २० गतेसम्म मौसम पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले दुर्घटना र क्षति रोक्न यो निर्णय गरिएको हो । सूचना अनुसार हेटौँडा–कान्तिलोकपथमार्गमा बेलुका ४ […]

यस्तो छ दशैंमा लगाइने टीकाको महत्व

Tika

काठमाडौं । विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा प्राचीन कालदेखि निरन्तर चल्दै आएको छ। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा दशैं मनाइँदै आएको र सोही दिन देवीको प्रसादस्वरूप दही, चामल र अबिर मिसाएर टीका लगाउने चलन सुरु भएको विश्वास गरिन्छ। धार्मिक विश्वासअनुसार टीका र जमरा आशीर्वाद, विजय, समृद्धि र एकताको […]

आज पापङ्कुश एकादशी, पाप नाश र मोक्ष प्रदान गर्ने दिन

काठमाडौं । आज असोज १७ गते शुक्रबार (विजयादशमीको भोलिपल्ट) पापङ्कुश एकादशी पर्व परेको छ । बिष्णुभक्तहरुले श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाउदैछन । आश्विन शुक्ल पक्षको एकादशीका दिन पर्ने यस व्रतलाई भगवान विष्णुको आराधना गरेर पाप नाश गर्ने महान् अवसरका रूपमा लिइन्छ। पद्मपुराणलगायत धर्मग्रन्थमा उल्लेख भएअनुसार पापङ्कुश एकादशीमा उपवास गरी भगवान विष्णुको नामस्मरण गर्नेले जन्मजन्मान्तरका […]

चारदिनसम्म भारी वर्षाको सम्भावना

Barsa

काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणालीको प्रभावले नेपालमा असोज आजदेखि २० गतेसम्म जलवायुजन्य प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदै ठूलो पानी पर्ने सम्भावना छ। विभागले नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक […]

शेरबहादुरका साला र आरजुका भाइ भूषण राणाको घरमा प्रहरी छापा

ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ। सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए।  घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले […]

कुभिण्डो काट्ने जात्राको लागि आवश्यक सामाग्री हस्तान्तरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बिजयादशमीको भोलिपल्ट पापांकुश एकादशीको दिन मनाइने खाँ पिहाँवइगु जात्राका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। यो जात्रा परम्परागत रूपमा मल्लकालीन सेनाको झल्को दिने खालको हो, जहाँ सहभागीहरू फलामको टोपी, तलवार, खड्ग र ढाल बोकेर युद्धमा उत्रन लागेको सिपाही झैं देखिन्छन्। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा भएकाले यसलाई भुईफसी पाल्यु […]

३३ सालदेखिको परम्परा तोड्दै नेपाली कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको र मुलुक शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी […]

चित्रकलामा चम्किँदै रितेश खतिवडा- संघर्षदेखि सफलतासम्म

Ritesh khatiwada

काठमाडौ । हरेक मानिसको जीवनमा एउटा कथा हुन्छ – त्यो कथा कहिले संघर्षको हुन्छ, कहिले अवसरको, कहिले निराशाको त कहिले उपलब्धिको। कतिपय कथामा आँसुका ढिका हुन्छन्, कतिपयमा खुशीका फूलहरू। तर ती सबै कथाहरूमा एउटै कुरा समान हुन्छ – अडान, धैर्य र सपना। यही अडान र धैर्यले एक सामान्य गाउँको केटालाई आज चित्रकलामा छुट्टै स्थान दिलाएको […]

पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। “अब पुरानै ढंगले चल्दैन, नयाँ […]