काठमाडौ । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ।
११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो।
यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै प्रस्ताव राखेपछि बैठकले बहुमतले समर्थन गरेको जनाइएको छ।
संशोधित संरचनाअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ रहनेछन्। साथै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहनेछ।
निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकमा असहमति जनाएका एमाले श्रोतले बताएको छ ।







