तनहुँमा चितुवाको आक्रमणबाट अर्का बालकको मृत्यु, घरभित्रैबाट चितुवाले लगेको बालकको आधा शरीर मात्र भेटियो

दमौली, १५ पुस । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिंढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी […]

सभामुख चयनबारे छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौं, १५ पुस । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन […]

आइतबार पक्राउ परेका सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता रिहा

काठमाडौं, १४ पुस । सिंहदरबार अगाडिबाट आइतबार पक्राउ परेका नेकपा क्रान्तिकारी माओवादी का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता आज सोमबार छुटेका छन् ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे । […]

सिद्धबाबामा सुरुङ मार्ग: डेढ महिनाभित्र ठेक्का आह्वान गरिदै

ललितपुर, १३ पुस । सिद्धार्थ राजमार्गअर्न्तगतको सिद्धबाबामा निर्माण हुने सुरुङ मार्गको लागि डेढ महिनाभित्र ठेक्का आह्वान हुने भएको छ । आयोजनालाई उच्च प्राथमिकतामा राखेर अहिले ठेक्का आह्वानको कागजात बनाउने काम भइरहेको सडक विभागले जनाएको छ । ‘यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौँ । अहिले ठेक्काको लागि कागजात तयार हुँदैछ । बढीमा डेढ […]

एमसीसी र सभामुखकाबारेमा सचिवालयमा फेरि कुरा बाझियो, अध्यक्षद्वयलाई समान कुर्सी र समान हैसियतको चर्चा बढी

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ । […]

विश्वका चर्चित १४ शहरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

काठमाण्डौँ १३ पुस । नेपाल भ्रमण वर्ष  २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसको […]

अर्काको जीवनसँग गम्भीर खेलवाड गर्नेलाई जेल सजाय गर्दा राम्रो होला

काठमाण्डौ, १३ पुस । बढ्दो दुर्घटना न्यूनिकरणका लागि राज्यले नीतिगत सुधारका लागि पहल गरिरहेको छ । चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारकका रुपमा देखा पर्दै आएका कारण जरिवाना दर वृद्धि गर्ने दिशामा छलफल भइरहेको छ । कतिपयले सवारी नियम उल्लंघनमा जरिवाना दर बढाउनुपर्ने तर्क पनि गरिरहेका छन् । यद्यपि सवारी नियम उल्लंघनकर्तालाई जरिवाना दर वृद्धिले […]

बालुवाटारमा केहीबेर अघिबाट नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार […]

तानसेनको चुच्चेबारीमा बस दुर्घटना,थप विवरण आउन बाँकी

पाल्पा ११ पुस । पाल्पाको तानसेन नगरपालिका वडा नं ८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो । पोखरबाट बुटवलको लागि छुटेको बस दिउँसो २ १५बजे दुर्घटनामा परेको स्थानिय मोहन कार्कीले जानकारी दिनुभयो । बस सडकबाट केही तल खोल्सामा खसेको छ । घाईतेलाई स्थानिय […]

बिज्ञापनमा दिँदा घुस माग्ने कर्मचारी अख्तियारको फन्दामा

ललितपुर, ११ पुस । नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नगरपालिकाका दुइ कर्मचारीलाई पक्राउ गरेको छ। लेखा अधिकृत शिवकुमार घिमिरे […]