रुघाखोकीको बिरामी प्रशंसाको ज्यानलिने अस्पताल र डाक्टरलाई अदालतको यस्तो आदेश

काठमाडौं । काठमाडौंको हिमाल हस्पिटल र डा. जयदेव यादवलाई उपभोक्ता अदालतले ठुलो क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । अस्पताल र चिकित्सकको लापरवाहीका कारण २८ महिनाकी बालिका प्रशंसा गौतमको ज्यान गएको प्रकरणमा उपभोक्ता अदालतले अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो । २०७९ माघ २३ गते, मोरङका गौरव दर्पण र […]

प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता सम्मेलन सम्पन्न

ललितपुर । विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा नीतिगत तहबाट पहल गर्ने उद्देश्यले पहिलो पटक आयोजित सम्मेलन शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन अन्तर्गत रहेको ‘स्कुल काउन्सिल एण्ड साइकोलोजिकल वेलविइङ सपोर्ट सेन्टर’को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले यस प्रकारको सम्मेलनले बालबालिकालाई सकारात्मक दिशातर्फ लैजान […]

भक्तपुर अस्पतालमा असार १० देखि तीनदिन आङ खसेका महिलाको निशुल्क शल्यक्रिया हुने

भक्तपुर । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पतालमा पाठेघर (आङ) खस्ने महिलाहरूको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम असार १० देखि १२ गते तीन दिनसम्म सञ्चालन हुने भएको हो । डा. अनु श्रेष्ठको मोबाइल नम्बर ९८५१३३३७१७ र रोशनी श्रेष्ठको मोबाइल नम्बर ९८४१०९६०२४ मा सम्पर्क गरी उपचार आवश्यक भएका महिलाहरुको नाम […]

पुरस्कार पाउनुपर्नेमा सजाय पाएको भन्दै भावुक स्टाटस लेखेर ३४ वर्षिय डा श्रेष्ठ सम्पर्कविहीन

अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ ।   काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख […]

आज विश्व रक्तदाता दिवस, ललितपुरमा यातायात श्रमिकको विशेष कार्यक्रम

ललितपुर । आज, जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । यो दिवस नेपालमा पनि रक्तदान र सो सम्बन्धी कार्यक्रम गरी मनाइँदैछ।  “रगत दिनुहोस्, आशा दिनुहोस्:जीवन बचाऔ” भन्ने नाराका साथ मनाइरहेको विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ललितपुरको लगनखेल बसपार्कमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा […]

मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]

गर्मीबाट बच्न घरमै बनाउनुस् मोजितो

काठमाडौं । गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै पाचन […]

नेपाललाई आँखा उपचार तालिमको हब बनाउने लक्ष

काठमाडौ । नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनबीच नेपाललाई आँखा उपचार तालिम हब बनाउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यो परियोजना अन्तर्गत क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन तथा प्रशासनिक क्षेत्रका जनशक्तिलाई डिजिटल माध्यमबाट तालिम दिइनेछ। सम्झौताअनुसार सहभागीहरूले मोतिबिन्दु, जलबिन्दु, भिट्रियो रेटिना, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन लगायतका क्षेत्रमा अत्याधुनिक प्रविधिबाट तालिम पाउनेछन्। तालिमहरू स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग […]

चाँगुनारायणमा भक्तपुर नगरपालिकाको चासो

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा चाँगुनारायण नपा–६ स्थित खानेपानीको मुख्य श्रोत मुहानपोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। खानेपानीका मुहानहरू सुक्दै जानु र प्रदूषण बढ्नुको मुख्य कारण मानवीय गतिविधि रहेको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानी आपूर्तिमा समस्या तीव्र बन्दै गएको बताए। उनले वन विनासका कारण पनि […]

सुर्तीजन्य पदार्थको प्रयोग रोक्न जनचेतनामा मन्त्री थापाको जोड

हेटौँडा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवनलाई रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यकताको बोध गरेको छ । हरेक वर्षको मे ३१ तारिखमा मनाइने ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मा एक सन्देश जारी गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भनेका छन्, “हामीले सुर्तीजन्य पदार्थको सेवन रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यक छ […]