कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण […]

उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित […]

घरमै सर्पको विष सजिलै निकाल्न सक्ने औषधीको बिकास

न्यूजकारखाना, काठमाडौं । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ । यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा भएको एउटा खोजले अब यसको उपचार थप सहज भएको छ । अब मानिसहरुले घरमै सर्पको विषलाई सजिलै निकाल्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । ई–बायोमेडिसिनमा प्रकाशित एक रिपोर्टमा […]

सांसद थापा दिल्ली प्रस्थान

भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट […]

स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि शनिवार अन्तराष्ट्रिय सम्मेलन

नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)

बुद्धशरण शाही,ललितपुर। स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा शनिवार बिहान ९ बजेबाट शनिवार सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । शुक्रवार आयोजित पत्रकार भेलामा आयोजक नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)का अध्यक्ष प्राडा भिमसेन देवकाटोले सो सम्मेलनमा बिभिन्न देशका विज्ञहरु सहभागी हुने बताए । सम्मेलनमा […]

भक्तपुरमा कालो धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही

भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी भक्तपुर क्षेत्रमा धुलो र धुवाँको असरले गर्भवती महिला, असक्त, बिरामी, बालबालिका र जेष्ठ नागरिक जोखिममा छन् । वायु प्रदुषणले विद्यालय जाने बालबालिका, कामकाजी मानिस र पैदल यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको छ । प्रदूषण फैलाउने माध्यमको कडा निगरानी र नियन्त्रण नगर्ने […]

काठमाडौँको बढ्दो वायु प्रदूषण, यस्ता छन् जोखिम र बच्ने उपाय

डा मनोजकुमार यादव, काठमाडौँ । अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरु रोगहरु पनि बढाउँछ । खासगरी, दीर्घरोगी, महिला र बालबालिकालाई बढी […]

हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं

हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई  सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा  ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]

टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने

बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]

आज ‘अटिजम’ जागरुकता दिवस, के हो अटिजम ?

काठमाडौ । आज ‘अटिजम’ जागरुकता दिवस । विश्वभर अटिजम रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । दिगो विकासका […]