कालिकोटको नग्मा बजारमा पहिरो जाँदा एकै परिवारका ४ सहित १० को मृत्यु

काठमाडौं, १५ भदौ । कालिकोटमा पहिराे जाँदा १० जनाकाे मृत्यु भएकाे छ । कालिकाेटकाे तिलागुफा नगरपालिका वार्ड नं. १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हाे । आइतबार दिउँसो गएकाे उक्त पहिराेमा परी २ जना घाइते भएका छन् । घाइते दुबै जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ […]

सहायक क्याम्पस प्रमुख गुप्ताकाे निधनप्रति नेविसंघकाे शाेक सन्देश

भदौं१४, वीरगञ्ज । गत भदौ १ गते निधन भएका ठाकुराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद कुमार गुप्ता प्रति श्रद्धान्जली अर्पण गर्दै नेविसंघ ठाकुराराम एकाई समितीले शोक सन्देश प्रकाशित गरेको छ । नेविसंघ ठाराब अध्यक्ष मनोज कुमार साहद्धारा हस्ताक्षरित शोक सन्देशमा सहप्राध्यापक गुप्ताको असामायीक निधनले आफुहरुलाई दुःखी बनाएको उल्लेख छ । नेपालकाे सम्पूर्ण लाेकतान्त्रिक अान्दोलन […]

महानगरपालिकाको नगरप्रहरी प्रमुखमा ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु

  भाद्र१४, ललितपुर।  ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। राजधानीको ट्राफिक व्यवस्थापन गर्न निकै सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरीका साथै ललितपुर बारुण यन्त्र दमकलको समेत तोकी महानगरले आइतबार नियुक्त गरेको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताउनु भयो […]

भारतमा एकैदिन भेटिए साढे ७८ हजार बढी संक्रमित, अमेरिकालाइ पनि उछिन्यो भारतले

एजेन्सी । पछिल्लाे समय भारत विश्वकै काेराेना हटस्पट बनेकाे छ । पछिल्लाे समय भारतमा एकै दिन साढे ७८ हजारभन्दा बढी काेराेना संक्रमित भेटिएपछि भारत खराव अवस्थामा पुगेकाे हाे । एकै दिन नयाँ संक्रमित भेटिएकाे याे विश्वकै ठूलाे संख्या हाे । यति ठूलाे संख्यामा अहिलेसम्म कुनै देशमा पनि एकै दिनमा नयाँ संक्रमित भेटिएका थिएनन । आइतबार […]

थोक खाद्यान्न पसलमा उप मेयर खड्गीको छड्के, दूर्गा ट्रेडर्सका केराउ,चामल र भटमास बिक्रीमा रोक

  भाद्र १४, काठमाडौँ । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत उल्लेख नभएको बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास नियेंत्रनामा लिएर बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा […]

चिकित्सकमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल

दाङ । चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ। दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हो। अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए। ‘शनिबार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको […]

आइसोलेशनमा राखिएका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको पीसीआर नेगेटिभ

काठमाडौँ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त […]

बाग्लुङमा न्वारनमा भोज दिने आयोजक नै कोरोना संक्रमित भेटिए

गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी […]

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको मृत्यु भएको हो। गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी […]

छिमेकीलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या

बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन्। छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]