अदालतको नक्कली जागीर खोली ठगी गरेको आरोपमा आमाछोरी पक्राउ

मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।  सिरहा स्थायी ठेगाना भइ विराटनगर बस्ने ५० वर्षीय पुनम देवी साह र उनकी छोरी वर्ष  २७ कि कोमल कुमारीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनीहरूले मोरङ जिल्ला अदालतको नक्कली फेसबुक पेज बनाइ विभिन्न पदमा भर्ना खुल्ला भएको भन्दै शुल्क असुली गरी ठगी गर्दै आएका थिए। ठगीबाट प्राप्त रकम पुनम देवी साहको नाममा खातामा जम्मा गरी चेकमार्फत निकालिएको बताइएको छ।

अहिले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। साथै, प्रहरीले ठगीबाट पीडित अन्य व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी कोपिला चुडालका अनुसार ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी छ।