स्वास्थ्य व्यवस्थापनका विद्यार्थीलाई अनुसन्धान कार्यशाला

काठमाडौं । सेन्ट्रल कलेजले स्वास्थ्य व्यवस्थापन (MHCM) तेस्रो सेमेष्टरका विद्यार्थीका लागि ‘Empowering Minds in Healthcare Management’ शीर्षकमा अनुसन्धान कार्यशाला सम्पन्न गरेको छ। काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजले कार्यक्रम भने होटल प्रेम दरबार र नगरकोट जिपलाइनमा सम्पन्न गरेको हो । कार्यशालाको उद्देश्य विद्यार्थीमा अनुसन्धान सीप, विश्लेषण क्षमता र तथ्यमा आधारित अभ्यासप्रतिको बुझाइ विकास गर्नु रहेको कलेजका सहप्राचार्य […]

जेनजी आन्दोलनबाट अपदस्त ओलीले जेनजीलाई नै एमालेमा आउन गरे आग्रह

काठमाडौं । जेनजी आन्दोलनको दबाबमा सत्ताच्युत भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोही पुस्तालाई आफ्नै पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पूर्व एमाले नेताकार्यकर्तालाई पार्टी प्रवेश गर्न आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’मा ओलीले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आग्रह गर्दै भने, “घर फर्क अभियान सुरु […]

जेन-जी सरकारले दानबहादुरलाई दियो नेपाल प्रहरीको बागडोर

काठमाडौँ । नेपाल प्रहरीको नयाँ नेतृत्वका रूपमा एआइजी दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुअघि मन्त्रिपरिषदले कार्कीलाई नयाँ आइजिपीका रूपमा चयन गर्ने निर्णय गरेको हो। मन्त्री परिषद स्रोतका अनुसार, आइजिपीको दौडमा रहेका एआइजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धि विक्रम शाहलाई पछि पार्दै कार्कीले अन्ततः बाजी मारेका […]

पर्यटन प्रवर्द्धनको लागि गोदावरी पदयात्रा

godavari

ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरी” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराएका छन् । गोदावरी पदयात्रा उपत्यका भित्रका विभिन्न पालिकाहरुका […]

अमलाको छाँयामा बनभोज खाने प्रचलन कायमै

Amala

काठमाडौं । देशका विभिन्न ठाउँमा अमलाको बोटमुनि बनभोज खाने चलन कायमै छ। विशेषगरी कात्तिक महिनामा सपरिवार अमलाको छायामा बसेर खाने प्रचलन रहिआएको पाइन्छ । कात्तिक महिनामा पनि शुक्ल नवमीका दिन अमलामा बनभोजको विशेष महत्व छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दूहरु विश्वास गर्दछ्न । विशेषगरी मैथिली समुदायमा यो दिन बनभोज […]

अङ्ग्रेजी भाषाकाे नेपाली टेलिभिजन च्यानल आइतबार उद्घाटन हुने

PSB nepal

काठमाडौं । नेपालको सार्वजनिक सेवा प्रसारण (PSB) अन्तर्गत सञ्चालनमा आउने नयाँ अङ्ग्रेजी भाषाकाे टेलिभिजन च्यानल ‘एनटीभी वर्ल्ड’ आइतबार (नोभेम्बर ९) मा औपचारिक रूपमा उद्घाटन हुने भएको छ। “विश्वसामु नेपालको दृष्टिकोण ” भन्ने नारासहित सुरु हुन लागेको यस च्यानलको उद्घाटन राष्ट्रपत‍ि रामचन्द्र पौडेलले भव्य समारोहमार्फत गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा सार्वजनिक सेवा प्रसारण (PSB) […]

हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी(सम्मेलन) काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार […]

बिश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजिनामा

jitendra sonal

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले शनिबार प्रदेशसभाको बैठकमा विश्वासको मतको प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पारित नहुने स्थिति देखिएपछि सोनारले सभामुख समक्ष राजीनामा घोषणा गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले त्यसपछि बैठक स्थगित गरे । बैठकमा एमाले र नेपाली कांग्रेसले समर्थन नदिने बताएका थिए भने माओवादी केन्द्रका […]

मण्डनदेउपुरमा ट्रिपर दुर्घटना : चालकको जलेर गयो ज्यान, सहचालक गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको ट्रिपर शनिबार बिहान करिब ४ः३० बजे सडकबाट करिब ६० मिटर तल खस्दा आगलागी भएको थियो। ट्रिपर भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मण्डनदेउपुर–७ […]

ललितपुर महानगरकी उपप्रमुख भन्छिन्-सचेत र एकताबद्ध भएर अघि बढौं

ललितपुर । ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्यले संस्कृति संरक्षणका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन् । राष्ट्रिय संवत् ११४६ को अवसरमा ताम्राकार समाजले आज शनिबार उग्रचण्डी मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख मन्जलीले नेपाल संवतले सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्दै समृद्धि हासिल गर्न सहयोग पुर्‍याउने प्रष्ट पारिन् । “संस्कृति सम्पदा […]