पर्सा,२१ असार । पर्साको वीरगन्ज महानगरपालिका-२१ स्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार सबेरै करिब ३ बजेबाट आगलागी शुरु भएको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए । आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाका साथै छिमेकि स्थानीय तह नजिकै उपलब्ध नेपाल आयल निगमको दमकल […]
समाचार
बबरमहलमा एकाबिहानै दुर्घटना एकको मृत्यु एक घाइते
काठमाडौं, २१ असार ।काठमाडौंको बबरमहलमा शनिबार एकाबिहानै ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ। दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका-८, का दीपक थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राति २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका थापाको ज्यान गएको […]
‘रुघाखोकीको भाइरसले मूत्रथैलीको क्यान्सर निको पार्न सक्छ’
रुघाखोकीका लागि जिम्मेवार एक प्रकारको भाइरसले मूत्रथैलीमा रहेका क्यान्सरका कोषहरूलाई मार्न मद्दत गर्न सक्ने एउटा अध्ययनले देखाएको छ। सानो स्तरमा गरिएको उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको सङ्केत पूर्ण रूपमा निर्मूल भएको र अन्य १४ जनामा क्यान्सर सम्बन्धी कोषहरू मरेको प्रमाण फेला परेको थियो। ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताहरूले उक्त भाइरसले क्यान्सरको उपचारमा ठूलो फेरबदल […]
अफ्रिदीले कीर्तिमानी बलिंग गर्दा पाकिस्तानको सहज जित, शोयब मलिकको सन्यास
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत ४३ औं खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ। जितको बाबजुत पाकिस्तान सेमीफाइनल पुग्न भने असफल रह्यो। ९ खेलमा समान ५ जित, ३ हार र १ बराबरी अंक रहे पनि नेट रन रेटमा पाकिस्तान पछि पर्यो। न्युजिल्यान्डको नेट रन रेट +०.१७५ रह्यो भने पाकिस्तानको -०.४३० […]
भक्तपुरमा छोरीले आमाको हत्या सेलाउन नपाउदै सप्तरीमा छोराले गरे आफ्नै आमाको हत्या
सप्तरी, २१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको बिहिबार हत्या भएको छ । हत्या गरेको आरोपमा मृतकका छोरालाई प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। हत्या आरोपमा बिहीबार साँझ […]
बृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना
काठमाडौं, २० असार । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रता सभा’ आयोजना गरेको छ । नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस भनेर मिडिया विरोधी विधेयक ल्याएको […]
भक्तपुरबाट दुई पाकिस्तानीलाई पक्राउ
भक्तपुर, २० असार । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट दुई पाकिस्तानीलाई पक्राउ गरेको छ । चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खान रहेका छन् । उनीहरुलाई शुक्रवार दिउँसो भक्तपुरको महानगरीय प्रहरी परिसर नजिकै रहेको होटल स्वीट होमबाट पक्राउ गरिएको हो […]
२ सय घुस महँगो सावित भएपछि चालक र ट्राफिक हवल्दार विशेष अदालतमा
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंह समेत २ जना उपर शुक्रवार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ । दाङ जिल्ला घोराही उप-महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथमा कागजात नभएकाले जरिवानाबापत रसिद काट्न खोज्दा सुनिल न्यौपानेलसँग रू.२०० […]
प्रहरीका ६ एसपीको काज सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएको छ । यस्तै, हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा पठाइएका छन् भने […]
चावहिलको ग्याङफाइटमा संलग्न ४ पक्राउ
काठमाडौं । चाबहिलमा दुईदिन अगाडि भएको ग्याङफाइटमा संलग्न ४ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राईलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको ग्याङफाइटमा छुरा प्रहार हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये विजय […]









