साइरन बजाउँदै सडक हिड्ने एम्बुलेन्सका चालक धमाधम मापसे कारवाहीमा

काठमाडौं, १२ असार । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे । तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा […]

सिन्डिकेट तोड्ने सरकारको लोकप्रिय नारा मात्र, न सिन्डिकेट तोडियो, न त अराजकता रोकियो

काठमाडौ, १२ असार । २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा […]

मेलम्चीको पानी कथा मात्रै, मेलम्ची अघि नै बाग्मतीको पानी घरघरमा वितरण गर्ने तयारी

काठमाडाैं, १२ असार । काठमाडौंबासीले यही असरादेखि नै बाग्मतीको पानी उपभोग गर्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो । तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको […]

नेपालमा ४५ हजार एनजीओ अवैध

काठमाडौं, १२ असार । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ । परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । […]

मेसीले भने, ‘अब म अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास लिन्न’

अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्। मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्। ‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो […]

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

काठमाडौँ, १० असार । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट […]

महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको […]

अखिल क्रान्तिकारीको कैलाली संयोजकमा बबरजङ चयन

धनगढी ।  अनेरास्ववियु (क्रान्तिकारी) को कैलाली संयोजकमा बबरजङ सिंह चयन भएका छन् । आइतबार बसेको जिल्ला समितिको बैठकले सिंहको संयोजकतत्वमा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । त्यस्तै बैठकले रमेश साउदलाई सहसंयोजक चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको बैठकले यही असार ३० गते संगठनको जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको […]

असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

मुगु ।  नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ । जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै […]

४ ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्डका, आवागमन ठप्प

चितवन । असार लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध हुन पनि सुरु भएको छ । आइतबार राति मात्रै विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको […]