२ सय घुस महँगो सावित भएपछि चालक र ट्राफिक हवल्दार विशेष अदालतमा

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंह समेत २ जना उपर शुक्रवार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।

दाङ जिल्ला घोराही उप-महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथमा कागजात नभएकाले जरिवानाबापत रसिद काट्न खोज्दा सुनिल न्यौपानेलसँग रू.२०० लिएको बिषय वाहिर आएपछि उनी अख्तियारको फन्दामा परेका थिए ।

मोटरसाईकल चालक सुनिल न्यौपानेले आफू पत्रकार भएकोले घुस लिएको भिडियो बनाइसकेको र अब आफूले जागिर खाइदिने धम्कि दिएर कुरा मिलाउन.१,००,००० को बार्गेनिङ गरेको बताइएको छ । उनीहरूले घुस लेनदेन गरेको भन्ने व्यहोराको उजुरी पेरेपछी अख्तियारको टोलीले अनुसन्धान गर्दा प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले पत्रकार भनिएका चालक सुनिल न्यौपानेलाइ भिडियो बाहिर प्रकाशन प्रसारण नगराई दिनको लागि भनी घुस बापत तत्काल नगद रू.५,०००।–(पाँच हजार) र ५०,०००।– (पचास हजार) को चेक दिएको खुलेको थियो । पछि सुनिल न्यौपानेलाई दिएको चेक फिर्ता गर्नको लागि पुन: नगद रू.५०,०००।–(पचास हजार) समेत दिएकोमा सो चेक र नगद रू.५५,०००।–(पच्पन्न हजार) सहित सुनिल न्यौपानेलाइ पक्राउ गर्न अख्तियार सफल भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंह पत्रकार भनिएका सुनिल न्यौपानेलाई विगो एक लाख पाचँ हजार दुई सय कायम गरी जरीवाना र कैद सजाय माग राखी आरोप पत्र बुझाएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

Loading...