प्रहरीका ६ एसपीको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएको छ ।

यस्तै, हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा पठाइएका छन् भने गोरखाका एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालय पठाइएको छ ।

कार्यालयभित्रै मदिरा सेवन गरेर प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई गालीगलौज गरेर विवादमा तानिएका रावललाई सरुवा गरिएको हो ।

बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइको जिम्मेवारी दिइएको जनाइएको छ ।

Loading...