बबरमहलमा एकाबिहानै दुर्घटना एकको मृत्यु एक घाइते

काठमाडौं, २१ असार ।काठमाडौंको बबरमहलमा शनिबार एकाबिहानै  ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ।

दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका-८, का दीपक थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राति २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका थापाको ज्यान गएको हो।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका स्कुटरका चालक काभ्रेको पनौती-१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको जनाइएको छ।

Loading...