बीरगंजको उधोगमा भिषण आगलागी करोडौको क्षति

पर्सा,२१ असार । पर्साको वीरगन्ज महानगरपालिका-२१ स्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार सबेरै करिब ३ बजेबाट आगलागी शुरु भएको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाका साथै छिमेकि स्थानीय तह नजिकै उपलब्ध नेपाल आयल निगमको दमकल प्रयोग गरिएको छ । आगो क्रमश नियन्त्रणमा आउने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी के कारणले सुरु वायो भन्ने अहिले सम्म खुल्न सकेको छैन। आगलागीबाट उद्योगमा करोडौको क्षति भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रण पश्चात अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

Loading...