५० लाख पुरस्कारको कमेडी च्याम्पियन शो हुने

काठमाडौं । भारतीय कमेडी शो हेर्दै आएका दर्शकले अब नेपालमै ‘कमेडी च्याम्पिएन’ हेर्न पाउने भएका छन् । गाइजात्राको छेको पारेर आउँदो भदौमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) प्रतियोगिता ‘कमेडी च्याम्पिएन’ हुने भएको छ । बिहीवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइएको हो । प्रतियोगितामा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री […]

भारतीय दूतावासको दबाबमा दुई सातामै बिषादी परीक्षणको निर्णय फिर्ता

काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो । यसअघि वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्बाट बिषादी परीक्षण गर्ने निर्णय भएको थियो । सरकारले सोहीअनुसार राजपत्रमा पनि प्रकाशित गरेर […]

हराएका पति जब ३ वर्षपछि टिकटकमा भेटिए !

एजेन्सी ।  भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ। प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ। पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो। प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ। […]

काठमाडौं महानगरकी उपमेयर हरिप्रभालाई हृदयघात

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ का वडाघ्यक्ष मुकुन्द रिजालका अनुसार खड्कीलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घरमै सुतिरहेका बेला उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । अहिले उनको नर्भिक अस्पतालको सीसीयुमा राखेर उपचार भइरहेको छ । अस्पतालले उनको एन्जियोग्राम गर्ने […]

सिंगापुर बिशाल अन्तरले पराजित , समुह विजेता हुँदै नेपाल सेमीफाइनलमा प्रवेश

काठमाडौं, २० असार । सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो। जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ। प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ […]

बाबुरामसँग हारथाक खाइ फर्केकालाई स्वागत गर्दै प्रचण्डले भने ‘बाबुरामको बौद्धिकता हामीबाहिर काम लाग्दैन’

काठमाडौं, २० असार । लामो समय बाबुराम भट्टराईको साथमा लागेर हारथाक खाई फर्केका पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुलीसहितका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले बाबुरामप्रति तिखो टिप्पणी गरेका छन् । शुक्रबार नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई […]

सुदूरपश्चिममा तीन दिनसम्म बाढी आउने, सतर्क रहन आग्रह

काठमाडौं, २० असार । आज पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार र भोलि शनिबार सुदूरपश्चिम प्रदेशका भारी वर्षाका कारण नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ । आज सूचना जारी गर्दै महाशाखाले उक्त प्रदेशका तराई तथा पहाड […]

विषाक्त च्याउ खाँदा पाँचजना बिरामी ! तीन बालबालिकाको आइसियुमा उपचार हुँदै

हेटौँडा, २० असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । बिरामी मध्ये तीन बालबालिकालाई सघन उपचार कक्ष आइसियुमा राखी उपचार थालिएको छ । पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उहाँकी श्रीमती बिनिता थोक्रा, नं वर्षका छोरा महेश थोक्रा र साँढे २ बर्षकी छोरी मनिषा थोक्रा विषाक्त […]

विमाको दोब्बर रकम पाउने आशमा एक बाबुले गरे ४ वर्षीय छोरीको क्रूर हत्या

रौतहट, २० असार । पछिल्लो समय नेपाली समाज क्रूर बन्दै गइरहेको धेरैको टिप्पणी छ । यसैक्रममा रौतहटमा पनि त्यस्तै क्रूर घटना घटेको छ । भक्तपुरमा प्रेमीसँग लागेर एक छोरीले आफ्नै आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै रौतहटमा एक बाबुले विमा वापत पाउने रकमको लोभमा आफ्नी ४ वर्षीय छोरीको हत्या गरेका छन् । छोरीको विमा गराएका […]

अटोरिक्सालाई टिपरले ठक्कर दिँदा भयानक दुर्घटना

अर्घाखाँची । टिपरले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीकाे सितापुरमा भएकाे याे दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । शुक्रबार बिहान गोरूसिङ्गेबाट वीरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङ्गे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ […]