अटोरिक्सालाई टिपरले ठक्कर दिँदा भयानक दुर्घटना

अर्घाखाँची । टिपरले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीकाे सितापुरमा भएकाे याे दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।

शुक्रबार बिहान गोरूसिङ्गेबाट वीरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङ्गे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पथ्थरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची सितगंगा २ सितापुर नेपानेका ५५ वर्षीय हरि वली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएकोजनाइएको छ। त्यस्तै दुर्घटनामा वलीकी श्रीमती ५० वर्षीया सीता वली गम्भीर र रिक्साका चालक तारा बहादुर टण्डन सामान्य घाइते भएका छन्।

घाइतेको ४ नम्बर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।