नेपालले सिंगापुर समक्ष ३२७ को बिशाल लक्ष प्रस्तुत

एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ ।

सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ऋत गौतमको शतकसँगै ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालको सुरुवात शानदार रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको साझेदारी पश्चात नेपाल बिशाल योगफल तर्फ अगाडी बढेको थियो । बोहोरा ९० रनमा आउट भए । त्यस पश्चात क्रिजमा आएका विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रन बनाउदै सस्तैमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतमले मल्लसग मिलेर अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।
यो खेल जितेमा नेपाल सहुहा बिजेता बन्दै अगाडी जानेछ ।

 

यो पनि पढ्नुहोस : सिंगापुर सस्तैमा समेटियो , समुह विजेता हुँदै नेपाल सेमीफाइनलमा प्रवेश