विदेशमा पैसा नफल्ने बताउदै देशमै श्रम गर्न नगरपालिकाले बाढ्यो कृषि यन्त्र

सर्लाही । स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न अब कृषिमा आश्रित किसानहरुले विषादीरहित अर्गानिक खेतीतर्फ लाग्नुपर्ने हरिवनका नगरप्रमुख गणेश प्रसाईंले बताएका छन । प्राङ्गरिक मलको प्रयोग गर्दै अर्गानिक उत्पादन गर्न सके मात्र स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न सकिनेमा उनको जोड छ ।

विहिवार सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले किसानहरुको लागि आयोजना गरेको कृषि यान्त्रीकरण हाते मिसिन बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रसाईंले यस्तो धारणा राखेका हुन् ।

उक्त अवसरमा मेयर प्रसाइले किसानलाई खेती गर्ने उपकरण वितरण गरे । सर्लाहीको हरिवन वडा नम्बर ८ ले कृषकहरुको लागि कृषि उपकरण बितरण गरेको थियो । वडाले लक्षित बजेटबाट वडा भित्रका विभिन्न दस वटा कृषक समूहलाई एक एक वटाका दरले झार काट्ने तथा तरकारी वारिमा गोडमेल गर्न मिल्ने हाते कृषि उपकरण पावर वैण्डर मेसिन बितरण गरेको हो ।

लाखौ रुपैया खर्च गरेर कुनै शिक्षा र सीप बिना नै बिदेश जाने र धन बोकेर नभई ॠण बोकेर आउने अवस्थाको अन्त्यको लागि यहि कृषि पेशामा लगेर ब्यबसायिक तथा सामुहिकरुपमा कृषिकर्म गर्न युवाहरुलाई मेयर प्रसाइले आग्रह गरे । 

ब्यबसायिक तथा सामुहिक कृषि खेती ब्यबसाय गर्ने ब्यक्ती समूह सहकारीलाई नगरपालिकाको तर्फ बाट सक्दो सहयोग पुर्याउने समेत प्रमुख प्रसाइले प्रतिबदता प्रकट गरे ।

जनचेतना महिला समूहकि अध्यक्ष अनु गंगा ढुङेल को अध्यक्षता एवम नगरप्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच वडा भित्र  गठन भएका १० वटा कृषक समूहलाई कृषि पेशामा आकर्शित गराई कृषि पेशा को प्रबद्दन सम्बर्दन गर्दै आय आर्जन तथा जिबिको पार्जन मा समेत टेवा पुर्याउने उदेश्य ले २५ हजार रुपैया पर्ने १/१ थान कृषि उपकरण प्रदान गरेको वडा अध्यक्ष यज्ञबिनोद ढुङ्गेलले बताए ।

कार्यक्रममा उप प्रमुख रेनुका पौडेल, नेकपा नेता चुडामणी वाग्ले,राम प्रसाद घिमिरे लगायतले आ आफ्नो धारणा राखेका जनचेतना महिला समूहकि सचिब तथा कार्यक्रम संचालक अन्जना कडरियाले जानकारी दिइन ।

यसैबीच वडा नम्बर ९ ले आफ्नो वडाको विकास निर्माणका कामहरुको स्थलगत अनुगमन गराइएको छ । हरिवन नगरपालिका वडा नम्बर ९ को आ.व ७५ र ७६ को योजना तथा विकास निर्माणका कामहरुको वडाले आज नगर प्रमुख गणेश प्रसाई सहित संचारकर्मीहरुको उपस्थितीमा स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।

वडा नम्बर ९ का वडा अध्यक्ष सीताराम पोखरेलले आव. ०७५र ०७६ बजेटबाट वडा भित्र भएका भौतिक पुर्वाधार निर्माण लगायत विभिन्न विकास निर्माणका कामको सरोकारवालाहरुलाई स्थलगत निरिक्षण तथा अनुगमन गराउनु भएको हो । अनुगमनको क्रममा शिक्षा सडक कालोपत्रे, खानेपानी, विजुली तथा विभिन्न्न सिपमुलक आयआर्जन तथा लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि चलाइएको अभियानको वारेमा नगरपालिकाका प्रमुख प्रसाइ विभिन्न्न संघ सस्थाका प्रतिनिधी राजनितिक दलका प्रतिनिधी जिल्लाका संचारकर्मी लगायतले अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अनुगमनका क्रममा भएका काम गुणस्तरिय समयसिमा भित्रै पारदर्शी तरिकाबाट गरिएको प्रति वडावासी तथा अनुगमनका सहभागिले वडा अध्यक्ष तथा उपभोक्ता समितीलाई धन्यवाद समेत दिएका वडा कार्यालयका प्राबिधिक नवराज उप्रेतीले जानकारी दिए । साथै आजै अनुगमनको अवसर पारि डुम्री घारीमा रहेको देउराली प्राविका सम्पुर्ण वालवालिकाहरुलाई स्कुल व्याग तथा शैक्षिक सामाग्री समेत प्रदान गरिएको वडाले जनाएको छ ।

गत वर्ष पनि वडाले यसरीनै सरोकारवालाहरुलाई आफ्नो वडा भित्र भएका विकास निर्माणका कार्यहरुको स्थलगत अनुगमन तथा निरिक्षण गराएको थियो ।

यस्तै बिहिबार नगरपालिकाको बजेटबाट निर्माण भएका नदि नियन्त्रण तडबन्धको पनि नगरपालिका का मेयर गणेश प्रसाईंले संचारकर्मीहरुसहित भैसकेका र भै रहेका योजनाहरुको अनुगमन गरेका थिए ।

Loading...