चट्याङले एकैदिन डेढ सय पशुचौपाया मरे

मुगु । मुगुको एक गाउँमा चट्याङले लागेर डेढ सयजति पशुचौपाया मरेका छन्।

प्रहरीका अनुसार मुगेको मुगम कार्मारोङ गाउँपालिकाको चिमाथ र माग्री लेकमा चट्याङ लागेरभेडा, बाख्रा घोडा, चौरीसहित डेढ सय पशुचौपाया मरेका हुन्।

घटना हिजो दिउँसो भएको हो। घटनाबारे जाँचबुझका लागि ३ जना प्रहरी घटनास्थलतर्फ गइरहेकाे भए पनि त्यहाँ पुग्न करिब ८ घण्टा लाग्ने भएकोले थप विवरण पाउन नसकेकाे प्रहरीले जनाएकाे छ।

Loading...