हातै नभएकी बालिका सारा हस्तलेखन प्रतियोगितामा सर्वोत्कृष्ट, साराको हस्तलेखन हेर्न अमेरिकामा ठूलो भिड

एजेन्सी । जहाँ इच्छा त्यहाँ उपाय भन्ने आख्यानलाई सारा हिनेस्लेले पनि चरितार्थ गरेकी छन् । १० वर्षकी साराका दुवै हात छैनन् । अर्थात औला र हत्केला छैनन् । यस्तै अवस्थामा उनी हस्तलेखन प्रतियोगितामा सहभागी भइन अनि उत्कृष्ट बनिन ।

चीनमा जन्मिएकी सारा अहिले १० वर्षकी भइन । उनलाई एक अमेरिकी दम्पतीले धर्मपुत्रीका रुपमा अपनाएर अमेरिका लगेको छ । उनी ६ वर्षकी हुँदा धर्मपुत्रीका रुपमा अमेरिका पुगेकी हुन् ।

अमेरिकामै आयोजित राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितेर उनले सबैलाई चकित पारेकी छन् । उनका सुन्दर अक्षर हेर्ने धेरै मानिस नै जम्मा भएका थिए । औला नै नभएकी बालिकाले कसरी लेख्लिन भन्ने प्रश्नको पनि उनले गतिलो जवाफ दिएकी छन् ।

हस्तलेखन प्रतियोगिता जितेकी उनले बेसबल खेलको उद्घाटन गर्ने मौका पाएकी थिइन । उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्।

Loading...