प्रदेश स्तरीय मेयर कपको उपाधि पर्साको पोल्टामा : जीतसंगै पायो डेढ लाख नगद

सर्लाही, १९ असार । प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधि पर्साको पोल्टामा परेको छ । सर्लाहीको हरिवनमा गत असार ९ गतेदेखि जारी प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधी पर्सा हात पारेको हो ।

बुधवार भएको फाईनल खेलमा धनुषालाई शून्यको बिरुद्ध १ गोलले पारजित गर्दै यो बर्षको प्रदेश स्तरीय हरिवन मेयर कपको उपाधि हात पार्न पर्सा सफल भयो ।

खेल शुरु भएको २४ औ मिनेटमा पर्साका क्याप्टेन समेत रहेका जर्सी नम्बर १२ का खेलाडी चतुरधन चौधरीले आफ्नो टिमको लागि गोल नै निर्णायक भएपछी धनुषाले दोश्रो स्थानमै चित्त बुझाउन बाध्य बन्यो ।

जीतसंगै पर्साले नगद १ लाख ५० हजार रुपैया, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै फ़ाइनलम खेलको अबधीमा कुनै गोल गर्न नसके पनि धनुषाले दोस्रो हुँदै नगद ७५ हजार शिल्ड मेडल हात पारेको छ । म्यान अफ द म्याच पर्साका आशा लाल कुवर भएका थिए ।

गत बर्ष देखि हरिवन नगरपालिकाले शुरु गरेको नगर मेयर कप अन्तर्गत यो बर्षको खेलमा उत्कृष्ट गोल रक्षक पर्साका दिलमणी चौधरी, त्यस्तै बेष्ट मिड फिल्डर पर्साकै मनोज चौधरी, बेस्ट फिल्डर धनुषाका सदाम राईन भएका छन त्यस्तै बेष्ट डिभेन्डर पर्साका मनोज चौधरी भए ।उनीहरुलाई नगद ५ हजार तथा मेडलबाट सम्मानित गरिएको थियो । त्यस्तैगरी म्यान अफ द सिरिज हुने धनुषाका जनक कार्कीलाई म्यान अफ द सिरिज सिल्ड तथा नगद १०हजार बाट पुरस्कृत गरियो ।

त्यस्तै समापन कार्यक्रम का अबसरमा सर्लाहीलाई फुटबल खेल मार्फत खेलको बिकाश र सर्लाहीको पहिचान दिलाउन सफल भएको भन्दै पूर्व फुटबल खेलाडी जितेन्द्र राई ,लालबहादुर स्याङ्गतान, जीवन पुलामी ,मदन थापा ,सुमन सिन्दाली ,मिश्री लाल चौधरी ,दिपक लामा ,रतन भुजेललाई दोसल्ला र कदर पत्रबाट सम्मान गरिएको थियो ।

त्यसैगरी खेल प्रतियोगितालाई संचार तथा पत्रकारिताको क्षेत्रबाट उल्लेखनिय भुमिका निर्बाह गरे बापत ननस्टपकर्मी समेत रहेका प्रेमनाथ पौडेल र राजु लो लाई सम्मान गरिएको थियो । त्यस्तै अन्य क्षेत्रमा रहि खेललाई सम्पन्न गर्न सहयोग पुर्याए बापत बिदुर प्याकुरेल ,चुडामणी वाग्ले ,भरतकुमार कार्की ,बिनेश कार्की लगायत आर्थिक रुपमा सहयोग पुर्याउने विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु समेत सम्मानित भएका आयोजक समिति संयोजक बिप्लब कार्कीले बताए ।

गत असार ९ गते उत्घाटन गरि शुरु गरिएको खेल प्रतियोगिता मा सर्लाही का रातो र हरियो दुई टिम सहित प्रदेश दुई का आठ जिल्ला का ९ वटा टिमले भाग लिएका र खेल सौहार्दपूर्ण रुपले सम्पन्न भएको खेल आयोजक समितिका प्रचार प्रसार संयोजक राधाकृष्ण प्याकुरेलले जानकारी दिए ।

खेल समापन कार्यक्रमको अध्यक्षता नगरप्रमुख गणेश प्रसाईंले गरेका थिए भने प्रमुख आतिथ्यता राष्ट्रिय खेलकुद विकाश समितिका केन्द्रिय उपाध्यक्ष पिताम्बर तिमल्सिनाको रहेको थियो त्यसैगरी अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बिशिस्ट आतिथिको रुपमा सहभागी रहेका रहेको थिए । कार्यक्रममा नगर उप प्रमुख रेनुका पौडेलले स्वागत गरेकी थिइन् ।

Loading...