काठमाडौंमा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’

काठमाडौं, २३ असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख सहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री बर्षमान पुनले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त जानकारी दिएका हुन्। सांसदहरुको प्रश्नको जवाफ दिँदे उनले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्ड थालिसिकिएको बताए । ‘काठमाडौँंको उत्तरी क्षेत्र […]

ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै

काठमाडौँ, २३ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय गर्‍यो । तर कार्यान्वयनमा आएको तीन साता नबित्दै गत बिहीबार मन्त्रिपरिषद्ले निर्णय फिर्ता लियो । विषादीयुक्त तरकारी र फलफूल परीक्षण रोक्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आफ्नै पार्टीको संसदीय दलभित्रसमेत भारी परेको छ । शनिबार […]

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी यु-१९ इस्टर्नको फाइनलमा

मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दोश्रो सेमीफाइनलमा सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् जुन खेलको विजेतासंग नेपालले भोलि फाइनल खेल्नेछ। प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो। सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। खेलमा टस जितेर नेपालले बलिंग गरेपछि मलेसियाले पहिले […]

एसइइमा कम ग्रेड पाएका लाखौ विद्यार्थीले थाहै नपाइ पाए राहत

भक्तपुर, २३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को ग्रेड वृद्धि सम्बन्धी सूचनामा संशोधन गरिएको छ । नियम कानुनको धज्जी उड़ाउने गरि सूचना प्रकाशित भएपछि उक्त सूचना विवादित बनेको थियो । लाखौ विद्यार्थीलाई प्रभावित पार्ने सूचना संशोधन भएको हो । अक्षराङ्कन पद्धतीको कार्यविधि र मर्म विपरित गत बुधवार राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षासम्बन्धी सूचना […]

“छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ”

सिमकोट, २३ असार । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा […]

दिनानाथ शर्माका अंगरक्षक सहित ६ जना कस्तुरीको बीना सहित पक्राउ

काठमाडौं, २३ असार । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक प्रहरीसहित छ जना पक्राउ परेका छन् । प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले पुष्टि गरे । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका […]

एकताको १४ महिनापछि नेकपामा कार्यदिशाको बिबाद सल्टियो, ‘जनताको जनवाद’ मै सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा राजनीतिक प्रतिवेदनमा देखिएको विवाद अन्त्य भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको १४ महिनापछि कार्यदिशाको बिबाद सल्टिएको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै राजनीतिक प्रतिवदेन सम्बन्धि समस्या समाधान भएको हो […]

ब्राजिल कोपा अमेरिका च्याम्पियन !

एजेन्सी । ब्राजिलले आइतबार आफ्नै भूमिमा भएकोे कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए । खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो […]

अनुसन्धानको खुलासा, रातमा रुनाले घट्छ मोटोपन !

एजेन्सी । मोटोपन कम गर्न प्रायः मान्छेहरु किसिम किसिमका तरिकाहरु अपनाउने गर्छन, तर तौलमा कत्तिपनि कमी आउँदैन । यसको उपचारको लागि मान्छेहरु पानीसरी पैसा बगाउने गर्छन, जबकि यसलाई रोएर पनि कम गर्न सकिन्छ । सुन्नमा केही अनौठो लाग्न सक्छ, तर एउटा अनुसन्धानले रुँदा मान्छेको तौल कम हुने देखाएको छ । एशियन वनमा प्रकाशित एउटा रिपोर्टका […]

बरहथवामा ग्यास चुहिँदा आगलागी

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डरबाट ग्यास लिकेज हुदाँ आगलागी भएको छ । खाना बनाउन राखिएको ग्यास सिलिन्डरको पाईपबाट ग्यास लिकेज भएपछि उक्त आगलागी भएको हो । आइतवार ग्यास लिकेज भएर बरहथवा- ७ का मनोज दासको घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । खाना […]