दिनानाथ शर्माका अंगरक्षक सहित ६ जना कस्तुरीको बीना सहित पक्राउ

काठमाडौं, २३ असार । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक प्रहरीसहित छ जना पक्राउ परेका छन् ।

प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले पुष्टि गरे ।

पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका सबैको बारेमा अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएकाे महानगरीय प्रहरी कर्यालय काठमाडौंले जनाएको छ । अन्य विवरण समेत पत्रकार सम्मेलनमा दिइने बताइएको छ ।

Loading...