काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्ति गर्ने भएको छ । निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यकाल असार ९ गते सकिएपछि उनको स्थानमा सिलवाललाई नियुक्ति गर्न लागिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकमा सदस्य सचिवमा शिलवाललाई नियुक्ति गरिने जनाइएको छ । गोल्डेन गेट कलेजको संचालकसमेत रहेका शिलवाल प्रधानमन्त्री केपी […]
समाचार
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या, हत्या आशंकामा पत्नी पक्राउ ।
सर्लाही । सर्लाही जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा शनिवार साझ धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग […]
प्रधानमन्त्रीले पालेका कागको कर्कश ध्वनिले अन्ततः उनैको निद्रा बिथोलिने हो
काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी ओली स्वयं अरूलाई घोच्ने र बिझाउने गरी कटु वचन प्रहार गर्न रुचाउँछन् । उनका परिजन र पूरजनले त्यसको सिको गर्नु अस्वाभाविक हैन । तर, सत्तामा हुनेले ओँठे जबाफ लगाउनुभन्दा शालीनरूपमा स्पष्टीकरण दिनु बुद्धिमानी हुन्छ । हुनत, राजनीतिक नेतृत्व विश्वमै बढी अनुदार हुँदैगएको छ । अमेरिकादेखि रुसका राष्ट्रपतिसम्मको अभिव्यक्तिमा छुद्रताको […]
शङ्ख फुके पनि जोगिएनन् मकै
पोखरा, २२ असार । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै […]
प्रहरीको कुटाइबाट पत्रकार महासंघका अध्यक्ष गम्भीर घाइते
सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति कुटपिट गर्दा अध्यक्ष कार्की गम्भीर घाइते भएका हुन् । प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । शनिबार […]
निर्वाचनको बेला महान राष्ट्रवादीको नारा र भाषण दिने सरकार कसैको दबाबमा लर्याककलुरुक परेर आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो ?
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतसहित तेश्रो मुलुकबाट आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णयमा सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले कसैको […]
सरकार भारतसामु लम्पसार भएको सत्तारुढ दलकै सांसदहरुको आरोप
काठमाडौँ । सरकार भारतसामु लम्पसार भएको सत्तारुढ दलकै सांसदहरुले जिकिर गरेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको उनीहरुको आरोप थियो । पार्टी संसदीय दलको बैठकमा बोल्ने अधिकांह सांसदहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन् […]
अर्जेन्टिना तेस्रो हुँदा, मेसीलाई रातो कार्ड
काठमाडौँ । कोपा अमेरिका २०१९ मा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा रहन सफल खेलमा लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो रातो कार्ड खाएका छन् । नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले गोल गरे । तनावपूर्ण खेलमा मेसी र […]
‘कालो धन’ विरुद्ध नेपालमा दुई सय अनुसन्धान
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘कालो धन’ भनिने अवैध धनसँग जोडिएका झण्डै दुई सयवटा अनुसन्धान अघि बढाइरहेको जनाएको छ । सुरुमा अर्थ मन्त्रालय मातहत रहेको विभाग चरम राजनीतिक हस्तक्षेपका कारण निस्प्रभावी देखिएको टिप्पणीमाझ डेढ वर्ष अघि प्रधानमन्त्री कार्यलय मातहत ल्याएको थियो। अवैध धनको प्रवाह र सम्भावित आतङ्कवादी गतिविधिसँग जोडिएका रकमका कारण कतिपय देश अन्तराष्ट्रिय स्तरमा नै […]
विषादी मापन नेपालमा स्थगित, भारतमा यथावत
भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ । नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्। चिया […]









