अर्जेन्टिना तेस्रो हुँदा, मेसीलाई रातो कार्ड

काठमाडौँ । कोपा अमेरिका २०१९ मा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा रहन सफल खेलमा लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो रातो कार्ड खाएका छन् ।

नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले गोल गरे ।

तनावपूर्ण खेलमा मेसी र चिलीका ग्यगारी मेडेल झगडामा उत्रेका थिए र यसक्रममा दुवै खेलाडीलाई सिधै रातो कार्ड देखाइएको थियो । चिलीका तर्फबाट अरटुरो भिडालले दोस्रो हाफमा पेनाल्टीबाट एक गोल फर्काए ।

मेसीले १४ वर्ष अगाडि आफ्नो खेल जीवनको डेब्यु खेलमै रातो कार्ड खाएका थिए ।

Loading...