काठमाडाैं, १६ असार । रुस विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार साँझ भेट हुँदा आफू चाँही फर्ममा फर्केको प्रमाण दिनुपर्नेछ। अन्तिम १६अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स […]
समाचार
दिपङ मनाङेलार्इ सर्वोच्चले धरौटीमा रिहा गर्ला ?
काठमाडौं, १६ असार । सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मनाङेको मुद्दामा बिहीबर सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला सर्वोच्चले मागेको हो । मनाङबाट […]
एसर्इर्इमा एउटै स्कूलका ७ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा, १६ असार । गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । उक्त विद्यालयबाट ७ जनाले ४ जीपीए ल्याएका छन् । साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ […]
केपी ओलीले दिए सबै सांसदहरुलार्इ नेपालकै रेल चढ्ने निम्तो
काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी ओलीले सांसदहरुलार्इ रेल चढ्न निम्ता दिएका छन् । रेलकाे कुरालार्इ लिएर निरन्तर अालाेचना गरिरहेका सांसदहरुप्रति लक्षित गर्दै अाेलीले अब नेपालकाे अाफ्नै रेल आउँने कुरामा शंका नगर्न अाग्रह गरे । शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै प्रम अाेलीले साे निम्ता दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि […]
नया एयरबस ए३३०–२०० नेपाली पाइलटहरुले उडाउने
असार १५,काठमाडौँ । नेपाल वायुसेवा निगमको पहिलो वाइड्् वडी ए३३०–२०० विमान अन्नपूर्ण बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट नौ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । दुईवटा खरीद गरिएको मध्ये दोश्रो विमान डेढ महिनापछि ल्याइनेछ । नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट लिइएको १२÷१२ अर्व रुपैयाको ऋणबाट […]
दैनिक पत्रिकाको न्यूजरुममा अन्धाधुन्दा गोली चल्दा पाँचजनाको मृत्यु
काठमाडाैं । अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ । क्यापिटल ग्याजेट नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो । एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए […]
सोल–सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । […]
खतराको सूचीबाट नेपालका विश्वसम्पदा सूची हटाइए
काठमाडौं, १५ असार । विश्व सम्पदा सूचीको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ । युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो । भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । हाल सम्पदाहरुको पनुर्निर्माण सन्तोषजनक रहेको […]
विदेशी बैंकहरुबा ७८ अर्ब ल्याउँदै नेपालका बैंकहरु
काठमाडौं, १५ असार । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले विदेशी बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ ल्याउने पक्रिया सुरु गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल) को २५ प्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुलाई विदेशबाट ऋण ल्याउन बाटो खुलेको हो । हाल सञ्चालनमा रहेका २८ वाणिज्य […]
अग्लो व्यापारिक भवनमा ठोक्किएर जहाज दुर्घटना, जहाजमा सवार सबैको मृत्यु
एजेन्सी । बिहिबार एक सानो चार्टर्ड विमान मुम्बईको घाटकोपारमा आशिंक रुपमा बनेको भवनमा ठोक्किदा पाँच मानिसको मृत्यु भएको छ । हवाई नियमनकर्ता डीजीसीएले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा जहाजका दुई पाइलट, जहाजमा रहेको दुई इन्जिनियर र एक पैदल यात्रुको मृत्यु भएको जनाइएको छ । मृत पाइलटहरुको पहिचान भइसकेको छ । पाइलटको नाम क्याप्टेन पी.एस.राजपुत र […]











