आधा दर्जन माओवादी नेतासहित दर्जन बढी हत्यामा जोडिएका बादशाह काठमाडौमै समातिए

कपिलवस्तु । कपिलवस्तुका एक बादशाह पक्राउ परेका छन ।  उनी नामका मात्रै हाेइन, कामका पनि खुंखार बादशाह  हुन । हत्या, अपहरण, लुटपाट गरेर कपिलवस्तुमा सर्वसाधारणलाई मात्र हाेइन प्रहरीलाई समेत त्राही त्राही बनाएका बादशाह लामाे समयदेखि प्रहरीको सर्वाधिक खाेजिकाे सूचीमा थिए । 

लामो समय अातंक मच्चाउने ती हुन जाबेद बादशाह । उनकाे खास नाम नसिम अहमद मुसलमान हाे । तर उनी  जाबेद बादशाह भनेरै चिनिन्छन । अाधा दर्जन माअाेवादी नेता कार्यकर्तालाई समेत हत्यामा जाेडिएका कपिलवस्तुको सीमापारी भारतीय भूमिमा अाफ्नै घरबाट यस्तो धन्दा चलाउने गर्दथे । 

तर उनलाई प्रहरीले यसपटक काठमाडौंबाट पक्राउ गरेकाे छ । प्रहरीले उनलाई पत्रकार सम्मेलन गरेरै आइतबार तौलिहवामा सार्वजनिक गरिएको छ ।

कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको एक टोलीले काठमाण्डौबाट पक्राउ गरेको हाृेे । बादशाहलाई शनिबार राति नै कपिलवस्तु ल्याइएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । उनीमाथि जिल्लामा झण्डै एक दर्जन हत्या, आतंक, लुटपाट, अपहरणलगायतका मुद्दाहरु दर्ता गरिएका छन् ।

पक्राउ परेका खान प्रहरीबाट बच्नका लागि कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलीगढवामा आफ्नै निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलीगढवाबाटै कपिलवस्तु जिल्लाभर खानले आफ्नो अातंक र प्रभाव जमाउँदै आएका थिए ।

फरार सूचीमा रहेका खानमाथि सात वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता रहेको छ । 

पक्राउ परेका खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ ।

उनीमाथि पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका-४ का वडा अध्यक्ष फतेह मोहम्मदको ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराइका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर यसका अलावा अन्य व्यक्तिगत घटनासँग सम्बद्ध हत्या तथा अपहरणको मुद्दाका  कारण उनी सीमा पारी भारतीय बजारमा बस्दै आएका थिए । 

Loading...